आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तलब नपाएपछि कर्मचारी आन्दोलनमा

बुधबार, ०८ भदौ २०७३, १८ : १७
बुधबार, ०८ भदौ २०७३
काठमाडौं - नेशनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी छ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् । सरकारले काममा मात्र लगाउने तर छ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चय कोष र नागरिक लगानी कोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, विमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् । सङ्घर्ष समितिका संयोजक राजु रानाभाटले छ महिनादेखि तलब नदिएपछि बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको बताए । उनले भने – “हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौँ ।” आन्दोलनरत कर्मचारीले तलब नदिएको भन्दै मङ्गलबार महाप्रबन्धकको कार्यकक्ष समेत घेराउ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप