आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेत्रहिन दम्पति घर पाएपछि दंग

बुधबार, ०८ भदौ २०७३, २० : ५६
बुधबार, ०८ भदौ २०७३
उर्लाबारी– उर्लाबारी–१ विशाल टोलका नेत्रहिन दम्पत्ति होमबहादुर बयलकोटी र सम्झना लिम्बू (बयलकोटी) को घर निर्माण कार्य सम्पन्न भएको छ । फुसले बनाएको घरमा कष्टकर जीवन विताउँदै आएका ती दम्पत्तिहरुलाई न्यानो अभियान नेपाल उर्लाबारीको पहलमा टिनको छानो लगाएर बाँसको घर बनाइएको हो । घर निर्माणका क्रममा उर्लाबारी–१ घर भई इजराइलमा रहेकी रेम्ती धिमाल र इजराइलकी नागरिक चेम फाब्रेसले २५ हजार रुपैयाँ र न्यानो अभियान नेपालले ३५ हजार रुपैयाँ सहयोग गरेको थियो । घर निर्माणका क्रममा ६३ हजार ८ सय ८० रुपैयाँ खर्च भएको घर निर्माण समितिका संयोजक सरोज बस्नेतले बताएका छन् । खानेपानीका लागि कलसहित घर निर्माण गरिदिएको उनले जानकारी दिएका छन् । घर निर्माणसँगै रंगरोगन तथा शौचालय निर्माणको काम बाँकी रहेको न्यानो अभियानका अध्यक्ष पूर्ण सिंगक लिम्बूले बताएका छन् । बाँकी रहेको कामसमेत सहयोगीदाताको पहलमा सम्पन्न गरिने उनको भनाई छ । शौचालय निर्माण कार्यको पहल भइरहेको अभियानका सल्लाहकार ज्ञान योञ्जनले बताएका छन् । घर पाएपछि नेत्रहीन दम्पत्ति हर्सित बनेका छन् । उनीहरुले सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गर्दै घर निर्माणमा पहल गर्ने संस्थालाई आभार प्रकट गरेका छन् । सम्झना गर्वभती रहेकाले उनका लागि रेम्ती धिमाललगायत साथीहरुबाट पठाएको ३ हजार १ सय १० रुपैयाँ पनि हस्तान्तरण गरिसकेको न्यानो अभियानका सदस्य विवेक हिङमाङले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप