आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बायुसेवा निगम र बिजनेस काउन्सिल युएर्इबीच छलफल

बुधबार, ०८ भदौ २०७३, २१ : ०७
बुधबार, ०८ भदौ २०७३
युएई- नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार सहितको टोलीले युएईमा रहेका नेपाली ब्यवसायीहरुको संस्था नेपाल बिजनेस काउन्सिलका पदाधिकारीहरुसँग गत अगस्ट २३ का दिन दुबईमा बिशेष भेटघाट तथा छलफल गरेको छ । टोलीमा नेबानीको तर्फबाट कंसाकार सहित वाणिज्य विभाग प्रमुख जनकराज कालाखेती र युएईका लागि कन्ट्री मेनेजर रमेश पौडेलको उपस्थिती रहेको थियो । नेपाल बिजनेस काउन्सिलका तर्फबाट अध्यक्ष असिफ अली सिद्दिकी, उपाध्यक्ष चन्द्र प्रसाद सापकोटा, महासचिब दीपक राज पौडेल, कोशाध्यक्ष एकेन्द्र बहादुर थापा र सदस्य राधाकृष्ण पाठकको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेबानीका पदाधिकारी र बिजनेस काउन्सिलका पदाधिकारी बिच ४ बर्ष पछी फेरी उडान सुरु गरेको राष्ट्रिय झण्डा बाहक बिमान नेपाल एयरलाइन्सलाई सहयोग र सहकार्य गर्ने भन्ने बारेमा छलफल भएको कोषाध्यक्ष एकेन्द्र बहादुर थापाले बताए । नेपाल बिजनेस काउन्सिलका अध्यक्ष सिद्दिकीले आफु मातहातका ब्यवसायीहरुलाई नेबानीले दिने सुबिधा बारेमा थप जिज्ञासा राखेका थिए । संस्थागत रुपमा सहकार्य गरे नेपाल अयरलाइन्सले दिने सुबिधाबारे कंसाकारले आवश्यक पकृया पछी जानकारी दिने बताएका छन । नेपाल बिजनेस काउन्सिल युएईमा कानुनत दर्ता भएको नेपालीहरुको एक मात्र अधिकारिक संस्था हो । यो संस्थामा युएईमा रहेका अधिकाँश नेपाली ब्यवसायीहरु आबद्द हुने क्रम जारी रहेको काउन्सिलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप