आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पचास नाघ्यो

बुधबार, ०८ भदौ २०७३, २१ : ३७
बुधबार, ०८ भदौ २०७३
इटाली – इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५० भन्दा बढी पुगेको स्थानीय अधिकारीले बताएका छन् । अमात्रिसका नगर प्रमुख सर्जियो पिरोजीले बताएअनुसार इटालीका तीन वटा सहरमा व्यापक मानवीय क्षति भएको आशङ्का गरिएको बताए । भूकम्पले भत्काएका भवनका भग्नावशेषमा पुरिएर रहेका जीवितै हुनसक्ने मानिसको उद्धारमा ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ । सहरमा ठूलाठूला भवनहरुमा समेत भूकम्पका कारण क्षति पुगेको र केही पूर्णरुपमा भत्केका कारण भग्नावशेषभित्रै धेरै मानिस पुरिएको बताइएको छ । नगर प्रमुख पिरोजीले मृतक सङ्ख्यामा निकै वृद्धि हुनसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप