आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले मन्त्रीको नाम टुंगो लगायो, को को बन्दैछन् मन्त्री ?

बिहीबार, ०९ भदौ २०७३, २१ : ०६
बिहीबार, ०९ भदौ २०७३

काठमाडौँ– नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको छ । नेताहरुबीच आज बिहान भएको छलफलपछि मन्त्रीको टुङ्गो लागेको हो । कांग्रेसबाट सरकारमा सहभागी हुनेमा अजुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी र जीवनबहादुर शाही रहेका छन् । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।

वर्तमान सरकारमा नेकपा (माओवादी केन्द्र)ले आठ र काँग्रेसले १३ मन्त्रालय पाउने सहमति भएको थियो । पछि कांग्रेसभित्र विवाद भएपछि आन्तरिक भागबण्डा मिलाउन प्रधानमन्त्री प्रचण्ड थप एक मन्त्रालय दिन राजी भएका थिए । काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप