आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रविसंको महाधिवेशन मङ्सिरमा

बिहीबार, ०९ भदौ २०७३, २१ : २१
बिहीबार, ०९ भदौ २०७३

काठमाडौँ - राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको तेस्रो महाधिवेशन आगामी मङ्सिर २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि उज्ज्वल पोखरेलको संयोजकत्वमा ७० सदस्यीय आयोजक समिति गठन भएको छ । समितिले कात्तिकसम्ममा जिल्ला अधिवेशन सम्पन्न गराउने छ । नयाँ संविधान अनुसार सात वटै प्रदेशको संरचना अनुसार प्रतिनिधि छनोट गरिने छ । समितिले रवीन बस्नेत, विकासराज झा, रामचन्द्र लामिछाने, दीपक गौतम, बिसु खाती, जनक खड्का र मोहन सिंहलाई क्रमशः प्रदेश नं १ देखि ७ सम्मका विद्यार्थी संयोजक तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप