आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डो दोस्रो पटक युरोपको उत्कृष्ट खेलाडी घोषित, ग्रिजम्यान बने अभागी

बिहीबार, ०९ भदौ २०७३, २३ : ३१
बिहीबार, ०९ भदौ २०७३

एजेन्सी–क्रिष्टियानो  रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् । मोनाकोमा  नेपाली समयअनुसार बिहिबार राती सम्पन्न एक विशेष समारोहकाबीच रोनाल्डोलाई उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।

उनी आफ्नै क्लबका गेराथ बेल र एक्थेटिको म्याड्रिटका एन्टिनियो ग्रिजम्यानलाई पछि पार्दै वर्षको उत्कृष्ट खेलाडी घोषित हुन सफल भएका हुन् । फा्रन्सका एन्टिनियो ग्रिजम्यान फेरि तेस्रो पटक अभागी ठहरिएका छन् । च्याम्पियन्स लिग, युरो  र यूरोको उत्कृष्ट खेलाडीमा पनि रोनाल्डोले ग्रिजम्यानलाई नै पछि पारेका छन् ।

यसअघि रोनाल्डोले सन् २०१४ मा पनि युरोपको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

गत सिजन रोनाल्डोले युरोपियन्स लिगको टप स्कोरर बन्दै रियल म्याड्रिडलाई किर्तिमानी ११ औं उपाधि दिलाउन सफल भएका थिए ।

उनले हालै सम्पन्न युरोकपमा आफ्नो देश पर्चुगललाई उपाधि दिलाउन समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डो फाइनलमा घाइते भएका कारण खेल्न नसकेपनि टिमको लागि प्रेरणादायी सावित भएका थिए ।

उत्कृष्ट खेलाडी घोषित भएसँगै कार्यक्रममा बोल्दै रोनाल्डाले आफूले उपाधि जितेपनि तीनैजना यो उपाधिको समान हकदार भएको बताएका थिए ।

यो सँगै रोनाल्डो र लियोनेल मेसीले समान दुई पटक यो उपाधि जितेका छन् ।

मेसीले सन् २०११ र २०१५ मा यो उपाधि जितेका थिए ।

यसैबीच महिला तर्फबाट आडा हेडरबर्ग वर्षको उत्कृष्ट खेलाडी घोषित भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप