बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोइला खानीमा काम गर्नेछन् रियोमा हारेर फर्केका उत्तर कोरियाली खेलाडी !

शुक्रबार, १० भदौ २०७३, ०९ : ५७
शुक्रबार, १० भदौ २०७३
उत्तर कोरियाका सनकी तानाशाह भनेर चिनिने किम जोंग उनले रियो ओलम्पिकमा पदक जित्न नसकेका खेलाडीलाई सजायँ दिने भएका छन् । उनको सजायँ अचम्म हुनुका साथै निकै कठोरसमेत रहेको छ । द सन डट को डट युकेका अनुसार किम जोंगले आफना खेलाडीलाई रियो ओलम्पिकबाट कम्तीमा पनि १७ वटा मेडल जित्नु पर्ने आदेश दिएका थिए । तर किम जोंगको आदेश विपरित उत्तर कोरियाली खेलाडीले दुई स्वर्णसहित अन्य ७ वटा पदकसहित प्योंगयाङ पुगे । सिक्रेटिभ नेशनका एक्सपर्ट, तोस्हिमित्सु सिगेमुरा भन्छन्, ‘जसले मेडल जित्न सफल भए उनीहरुलाई राम्रो घरबारको व्यवस्था मिलाइन्छ, रासन पनि निकै राम्रो उपलब्ध गराइन्छ, उनीहरुलाई कोरियाली सरकारले कारलगायतका अन्य उपहार प्रदान गरिन्छ ।’ तर किम यो नतिजाले रुष्ट हुने उनी बताउँछन् । ‘जसले किमलाई असन्तुष्ट बनायो उनीहरुलाई निकै नराम्रो घरमा सारिन्छ, उनीहरुको रासन पनि घटाइनुका साथै उनीहरुलाई सजायँ स्वरुप कोइला खानीमा काम गर्न पठाइन्छ ।’ यता कट्टर दुश्मन दक्षिण कोरिया ९ स्वर्णसहित २१ पदक जितेर घर फर्केपछि किम थप रुष्ट भएका छन् । सन् २०१० को विश्वकपमा हार्ने फुटबल समूहले सजायँ पाएका थिएः स्रोतका अनुसार सन् २०१० को विश्वकवमा उत्तर कोरियाली फुटबल टिम पोर्चुगलसँग हारेको थियो । जसका कारण यी सबै खेलाडीको सुविधा घटाएर उनीहरुलाई पनि कोइला खानीमा काम गर्ने आदेश दिइएको थियो । यद्यपी, फुटबल टिमका यी खेलाडीहरु दुई वर्षपछि घर फर्कन पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप