बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ऐश्वर्या, दीपिकादेखि प्रियंकासम्मः चर्चित हुनुपुर्व यी व्यक्तिसँग प्रेम गर्दथे १२ नायिका

शुक्रबार, १० भदौ २०७३, १० : ५८
शुक्रबार, १० भदौ २०७३
बलिउडमा प्रेमको चर्चा निकै हुने गर्दछ । मानिसहरु नायक नायिकाको प्रेम सम्बन्धबारे निकै चासो पनि राख्ने गर्दछन् । बलिउडका हस्तीहरु चर्चामा आएपछि उनीहरुको प्रेम सम्बन्ध धेरैलाई थाहा होला किनभने यसलाई मिडियाले राम्रै स्थान दिएर छाप्ने र लेख्ने गर्दछन् तर उनीहरु बलिउडको चकाचौंधमा आउनुभन्दा पहिले को सँग डेट गर्दथे भन्ने बारे धेरैलाई थाहा नहोला । आज हामी तपाईंलाई बलिउडका चर्चित नायिकाबारे जानकारी दिदैछौं जो चर्चामा आएलगत्तै आफ्ना प्रेमीलाई छोडिदिए । १. दीपिका पादुकोण– निहार पांड्याः बलिउडमा अभिनयपूर्व दीपिका पादुकोण मोडलिङ गर्दथिन् । सुरुवाती अवस्थामा दीपिका मोडलिङको क्षेत्रमा चर्चा कमाइसकेका निहार पांड्यासँग सम्बन्धमा थिइन् । बलिउडमा चर्चा कमाउन थालेपछि उनले निहारलाई टाटाबाईबाई भन्दै रणबीर कपुरसँगको प्रेममा परिन् । २. अनुष्का शर्माः अनुष्का शर्मा आजकाल क्रिकेटका हस्ती विराट कोहलीसँग प्रेम सम्बन्धमा रहेको कुरा धेरैलाई थाहा होला तर उनी चर्चित हुनुपूर्वको प्रेम सम्बन्धबारे भने कमैलाई मात्र थाहा छ । अनुष्का शर्मा र जोहेब यूसुफ दुबै मोडलिङ गर्दाताका एक अर्काको प्रेममा पागल थिए । उनीहरुको सुरुवाती भेट बेंगलुरुमा भएको थियो । मोडलिङकै लागि भनेर उनीहरु बेंगलुरुबाट मुम्बई गएका थिए । उनीहरु दुईवर्षसम्म सँगै रहे । मोडलिङ गर्दागर्दै उनले ‘रब ने बनादी जोडी’ मा अभिनय गर्ने मौका पाइन् र एकपछि अर्को गर्दै सफल चलचित्रमा काम गर्न थालिन् । उनी बलिउडको दुनियाँमा यति धेरै रमाइन् कि उनले आफ्नो प्रेमी जोहेबलाई नै बिर्सिइन् । ३. ज्याकलिन फर्नान्डिज र हासन बिन राशिद अल खलिफाः सुरुवाती दिनमा ज्याकलिन हासन बिन राशिद अल खलिफासँगको प्रेम सम्बन्धमा थिइन् । पछि ज्याकलिनले बलिउडमा प्रवेश पाइन् र बिस्तारै उनीहरुको प्रेम सम्बन्ध टुट्यो । ४. प्रियंका चोपडा र असिम मर्चेन्टः मोडलिङ गर्दाताका प्रियंका चोपडा असिम मर्चेन्चलाई प्रेम गर्दथिन् । स्रोतलाई मान्ने हो भने विश्व सुन्रीको ताज पहिरिएपछि प्रियंकाले असिमसँग ‘ब्रेक अप’ गरेकी थिइन् । असिमले प्रियंकामाथि एउटा फिल्म बनाउन चाहन्थे तर प्रियंकाले लिगल नोटिस पठाएर यो फिल्म बन्द गराइन् । ५. ऐश्वर्या राय र राजाव मूलचदानाः जतिबेला ऐश्वर्याको प्रेम सम्बन्धबारे चर्चा हुन्छ तब सलमान खानको नाम शीर्ष स्थानमा आउने गर्दछ । तर उनीभन्दा पहिले पनि ऐश्वर्याको जीवनमा कोही व्यक्ति थिए जसलाई उनी प्रेम गदैथिन् । मोडलिङको दिनमा ऐश्वर्या राजीवन मूलचंदानीलाई प्रेम गर्दथिन् । जतिजति ऐश्वर्या सफलताको शिखरमा उक्लदैं थिइन् त्यति नै उनी राजीवनको प्रेमसम्बन्धबाट झर्दैथिइन् । अहिले ऐश्वर्या निकै चर्चित परिवारकी बुहारी हुन् । ६. कंगना रनौट–अध्ययन सुमनः कंगना रनौटले फिल्ममा आउनका लागि आफ्नो परिवारलाई छोडेकी थिइन् । फिल्मी करियरको क्रममा कंगनाले शेखर सुमनका छोरा अध्ययनसँग प्रेम सम्बन्ध जोडिन् र सफलता हाँसिल गर्न थालिन् । तर जब कंगनाले बलिउडमा धेरै चर्चा कमाइन् तब उनले अध्ययनलाई किनारा लगाइदिइन् । ७. सोनाक्षी सिन्हा र आदित्य श्रोफः सोनाक्षी सिन्हा र फेम सिनेमाका म्यानेजिङ डिरेक्टर आदित्य श्रोफको प्रेम सम्बन्ध बारे निकै चर्चा चलेको थियो तर यी दुबैको केही कुरामा यति धेरै झगडा भयो कि सोनाक्षीले दुई वर्ष पुरानो प्रेमसम्बन्ध तोडिदिइन् । ८. रणबीर कपुर र अवन्तिका मलिकः नायक इमरान खानकी श्रीमती अवन्तिका मलिक राणबीर कपुरकी पूर्व प्रेमिका हुन् । जब रणबीरले अवन्तिकालाई टिभी श्रृङ्खला ‘जस्ट मोहब्बत’ मा देखे तब उनी अवन्तिकाप्रति निकै आकर्षित भए । रणबीर कपुर र अवन्तिकाको टीनएज लभ थियो जुन समयसँगै बदलियो । ९. रणबीर सिंह र अहाना देओलः धर्मेन्द्र र हेमा मालिनीकी कान्छी छोरी अहाना देओल र रणबीर सिंह पहिले एक अर्काका प्रेमी थिए । रणबीर फिल्ममा आउनुभन्दा पहिले उनीहरु प्रेम सम्बन्धमा थिए तर पछि जब रणबीरले बलिउडमा पाइला टेके तब यो जोडी टुट्यो । १०. अर्जुन कपुर अर्पिता खानः सलमान खानकी बहिनी अर्पिता र अर्जुन कपुर दुई वर्षसम्म एक अर्काको प्रेममा थिए । यद्यपी पछि अर्पिताले अर्जुनसँग ब्रेकअप गरिन् । ११. श्रद्धा कपुर र वनराज झवेरीः ‘आशिकी टु’ पछि श्रद्धा कपुर र आदित्य रोय कपुरको प्रेमसम्बन्धको निकै चर्चा भएको थियो तर निकै थोरै मानिसहरुलाई थाहा छ कि आदित्यभन्दा पहिले श्रद्धा चर्चित गहना व्यापारी वनराज झवेरीसँग डेट गरिरहेकी थिइन् । १२. आलिया भट्ट र अलि दादरकरः आलिया भट्ट र अलि दादरकर एक अर्कासँग स्कूलको दिनमा डेट गर्दथिन् । यद्यपी जब आलिया ‘स्टुडेन्ट अफ द इयर’ मा देखिइन् तब उनले आफ्नो पार्टनर अलिलाई छोडिदिइन् र वरुण धवनलाई डेट गर्न थालिन् । आलिया अहिले सिद्धार्थ मल्होत्रासँग डेट गरिरहेको विभिन्न स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप