बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पोर्तुगलमा भव्यताका साथ मनाईयो कृष्णअष्टमी

शुक्रबार, १० भदौ २०७३, १७ : ४८
शुक्रबार, १० भदौ २०७३
यूरोपेली मुलुक पोर्तुगलको राजधानी लिस्बनमा कृष्णअष्टमीको अवसरमा कृष्ण जन्मत्सोव तथा भजन सन्ध्या कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाको आयोजनामा भएको कार्यक्रममा पोर्तुगलमा बस्ने नेपाली भजनप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाका द्वितीय उपाध्यक्ष तथा गायक पूर्ण अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएन पोर्तुगलका अध्यक्ष तथा प्रतिष्ठान युरोप शाखाका सल्लाहकार भिम कमल के सी, रमेश कुमार गुरुङ, लक्ष्मी प्रसाद सापकोटा, सुर्य हमाल, सफल व्यवसायी टंक सापकोटा, नरभूपाल राइ, मनु मल्ल लगायतको उपस्तिथी रहेको थियो । भगवान कृष्णको जन्म गराउदै गाईएको कृष्ण सम्बन्धि भजन र नाचले कार्यक्रमको रौनक थपेका थिए भने कार्यक्रमको सुरुवात राष्ट्रिय गीत ‘जहाँ छन् बुद्दका आँखा’ बाट गरिएको थियो । कार्यक्रम अवधिभरि शम्भु शिलवाल, पूर्ण अर्याल, सुवाश चन्द्र पुन मगर, अंकिता मगर, इमान मगरलगायतका कलाकारहरुले विभिन्न भजन प्रस्तुत गरेका थिए । विदेशमा बसेर नि आफ्नो संस्कृति, संस्कार र संगीतको जगेर्ना गर्न पाउँदा खुसी लागेको बताउँदै आयोजक संस्थाका सह–कोषाध्यक्ष तथा गायक शम्भु शिलवालले आगामी दिनमा पनि नेपाली संगीतको जगेर्ना र प्रवर्धनमा प्रतिष्ठान युरोप शाखा लागिरहने कुरा जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप