बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युनेस्कोले पुर्ननिर्माणमा ढिलाई गरेको भन्दै राजधानीका सातवटा विश्वसम्पदा स्थललाई सूचीबाट हटाउने चेतावनी

शुक्रबार, १० भदौ २०७३, १८ : १९
शुक्रबार, १० भदौ २०७३
काठमाडौं । युनेस्कोले राजधानीमा रहेका सातवटा विश्वसम्पदा स्थललाई आफ्नो सूचीबाट हटाउने चेतावनी दिएको छ । सम्बन्धित निकायले यी स्थलहरुको पुर्ननिर्माणमा ढिलाई गरेको भन्दै युनेस्कोले आफ्नो सूचीबाट हटाउनुपूर्व यी ठाउँहरुलाई ‘डेन्जर लिष्ट’ मा राख्ने निर्णय गरेको छ । यसले सरकारलाई आफ्नो निर्णयबारे पुर्नविचार गर्न एक वर्षको समय पनि दिएको छ । स्वयंम्भुनाथ, बौद्धनाथ, पशुपतीनाथ, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र चाङ्गु नारायण मन्दिरलाई युनेस्कोले खतराको सूचीमा राखेको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेम कुमार राईले नवनियुक्त मन्त्री जीवन बहादुर शाहीलाई जानकारी दिए । राईका अनुसार पशुपती क्षेत्रमा बनिरहेको सडकका कारण पशुपतीनाथको मन्दिरलाई खतराको सूचीमा राखेको छ भने अन्य स्थानमा पुर्ननिर्माणको काममा ढिलाई गरेका कारण खतराको सूचीमा राखेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप