बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किम जोंगद्वारा मिसाइल लञ्च गरेको उपलक्ष्यमा ‘डान्स पार्टी’ को आयोजना

शनिबार, ११ भदौ २०७३, १० : ४०
शनिबार, ११ भदौ २०७३
आफ्नो पछिल्लो ब्यालिष्टिक मिसाइलको सफलतापूर्वक प्रक्षेपण गरेको खुसीयालीमा उत्तर कोरियाका तानाशाह किम जोंग उनले प्योङ्याङमा सामूहिक नृत्य र श्रृङ्खलाबद्ध कन्सर्टको आयोजना गरेका छन् । राज्यले चलाएको टेलिभिजनले उक्त मिसाइल लञ्च गरेको प्रसारण गरेको थियो भने पत्रपत्रिकाले पनि यसको समाचार निकै प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । यो उत्तर कोरियाको सैन्य प्रविधिमा ठूलो उपलब्धिको रुपमा लिइएको छ । यसकै खुसियालीमा परम्परागत समूह नृत्य देशभरि आयोजना गरिएको छ । किम क्ष्क्ष् संग स्क्वारमा भने सबैभन्दा ठूलो ‘डान्स पार्टी’ को आयोजना भएको थियो । उत्तर कोरियामा देशको कुनै उपलब्धि र नेताको जन्मदिनमा ‘डान्स पार्टी’ को आयोजना हुनु सामान्य हो । गत जनवरीमा हाइड्रोजन बमको सफल परिक्षणपछि वयस्क महिलाहरु गाउन लगाएर नाचिरहेको फुटेज देखिएको थियो । ‘यो सैन्य अभ्यास होइन, यो देशलाई बचाउने युद्धको तयारी हो,’ प्योङ्याङमा बस्ने ४४ वर्षीय किम क्योंग–इकले बताए । ‘हाम्रो देश दिनानुदिन समृद्ध हुँदैछ जुन अरु देशलाई मन परेको छैन । त्यसकारण ठूला भनिएका देशहरुले हाम्रो कदमलाई पछि पार्नका लागि तयारी गरिरहेको छ, ’ उनले भने । उत्तर कोरियाले सियोल र वासिङ्टनले यदि आक्रमणको सानो संकेतमात्र गरेपनि यी दुई देशलाई खरानीको थुप्रोमा परिणत गरिदिने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप