बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

७६ वर्षीया वृद्धाले ४२ वर्षे छोरालाई स्तनपान गराएको भन्दै केएफसीबाट निकालिइन्

शनिबार, ११ भदौ २०७३, ११ : २२
शनिबार, ११ भदौ २०७३
७६ वर्षीया एक वृद्धाले आफ्ना ४२ वर्षे छोरालाई स्तनपान गरेको आरोपमा केएफसीबाट निकालिएकी छिन् । वृद्धाले केएफसी रेष्टुरेन्टको बीचमा बसेर ४० वसन्त पार गरिसकेका छोरालाई स्तनपान गराएको खबर पछि उनी निकै विवादास्पद बनेकी छिन् । रेष्टुरेन्टमा आफ्ना रमाइला पल व्यतित गर्नका लागि त्यहाँ आएका आगन्तुकहरुले उक्त घटनाको जानकारी दिएपछि लिन्डा बेरेटी र उनका छोरा माइकललाई अन्ततः रेष्टुरेन्टको व्यवस्थापन पक्षले यी आमा छोरालाई त्यहाँबाट बाहिर निकाल्न बाध्य भयो । लिन्डाले लगभग १५ मिनेटसम्म आफ्नो छोरालाई स्तनपान गराएकी थिइन् । द डेली ट्रेन्ड्सका अनुसार निकै अचम्मको यो घटनापछि सोसल मिडियामा यसको निकै विरोध भएको छ । यसले सार्वजनिक स्थलमा स्तनपान गराउन हुने वा नहुने भन्ने विषयमा पनि विवाद सुरु गराइदिएको छ । प्रत्यक्षदर्शीले उक्त घटनालाई मातृत्व हेरचाह नभई निकै तल्लो स्तरको व्यवहार बताएका छन् । रेष्टुरेन्टका संरक्षक अली बेल्फउजले सार्वजनिक स्थलमा स्तनपान गराउनुमा आफूलाई कुनै आपत्ति नभएको तर यो घटना बकवास भएको बताए । ‘आफ्नो छोरालाई त्यत्रो उमेरमा स्तनपान गराउनको लागि तपाईं पागल हुनुपर्छ । उनीहरुलाई रेष्टुरेन्टबाट निकालिनुभन्दा जेलमा पठाउन उचित होला ।’ तर लिन्डाको भने धारणा भिन्न  छः ‘म एउटी आमा भएको नाताले आफ्नो छोरालाई स्तनपान गराउनु मेरो अधिकार हो,’ लिन्डाले भनिन् । ‘यदि मानिसहरुलाई मैले मेरो सन्तानलाई हुर्काएको कुरामा चित्त बुझ्दैन भने, तयो उनीहरुले समस्या हो । मैले निकै राम्रो र ठूलो मानिसलाई हुर्काएको छु जो अझैपनि मसँग बस्छन् । मलाई लाग्छ मैले निकै ठूलो काम गरिरहेकी छु । छोरालाई स्तनपान गराएको निहुँमा मलाई निकालिनु उचित थिएन ।’ यद्यपी, यता मेट्रो डट को डट युकेले यो घटना पूर्ण रुपमा मनगढन्ते बताएको छ । ‘इन्टरनेट होक्स साइट’ स्नूप्सले पनि यो समाचार बनावटी भएको दाबी गरेको छ । स्नूप्सका अनुसार यो समाचारमा निश्चित ठाउँ तोकिएको छैन र समाचारमा जुन केएफसीका कामदारको नाम दिएको छ त्यो नाम उच्च प्रोफाइलका अमेरिकी एड्स कार्यकर्ताको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप