बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शाहिद कपुर बने छोरीको पिता

शनिबार, ११ भदौ २०७३, ११ : ५९
शनिबार, ११ भदौ २०७३
शाहिद कपुर र मिरा राजपुतले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई स्वागत गरेका छन् । मिराले  हिन्दुजा हेल्थकेयर सर्जिकल अस्पतालमा शुक्रबार बेलुकी ७ बजेर ५६ मिनेटमा प्राकृतिक तरिकाले छोरीलाई जन्म दिएकी हुन् । मिरालाई बिहिबार बेलुकादेखि अस्पताल भर्ना गराइएको थियो । श्रीमान् शाहिद कपुरले मिरालाई एकछिन पनि छोडेनन् । छोरीको जन्म भएपछि शाहिदले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका थिए । उनले लेखेका छन्, ‘उनी आइपुगिन् । खुसी व्यक्त गर्न शब्दहरु अपर्याप्त छन् । कामनाका लागि सबैलाई धन्यवाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप