बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संसारका १० खतरनाक स्थान जहाँ पुलिससमेत जान डराउँछन्

शनिबार, ११ भदौ २०७३, १५ : ३३
शनिबार, ११ भदौ २०७३
हामीलाई लाग्नसक्छ विकसित मुलुकमा खतरनाक स्थान भन्ने हुँदै हुँदैनन् । मानिसहरु यस्ता स्थानमा बिना कुनै डर दिन होस् वा रात मज्जाले घुम्न सक्छन् भनेर धेरै मानिसहरुले सोच्नुभएको होला । तर हाम्रो सोचाई सधैं सहि हुन्छ भन्ने छैन । पश्चिमा देशहरुमा पनि यस्ता ठाउँहरु छन् जहाँ जान मानिसहरु डराउँछन् । कुनै देश वर्षौं पहिलेदेखि यस्तो अवस्थामा थिए भने कुनै भर्खरै मात्र खतराको सूचीमा राखिएका हुन् । यहाँ सर्वसाधारण त के, पुलिसहरुसमेत यहाँ जान डराउँछन् । १. ब्राजिलको फेविला (स्लम बस्ती): ‘नो् जोन’ क्षेत्र भनिने यो ठाउँलाई संसारको सबैभन्दा चर्चित ठाउँ भनिन्छ । कुनै प्रकारको कानुन नचल्ने यो क्षेत्रमा ग्याङ्गस्टर र ड्रग माफियाको राज चल्छ । पुलिसहरु उनीहरुको यो क्षेत्रमा छिर्ने हिम्मत गर्दैनन् । फिफा वल्र्डकप र ओलम्विक जस्तो खेललाई आयोजना गर्ने बेलामा यो देशले उनीहरुको यो वास्तविकतालाई संसारबाट लुकाउन खोजेको थियो । यद्यपी, यहाँका केही स्लम बस्तीहरु पुलिसको निगरानीमा सुरक्षित रहेको छ । २. बर्मिंघमः बर्मिंघम मिडल इस्टको बाहिर मुस्लिमको सबैभन्दा ठूलो जनसंख्या भएको शहर छ । यहाँ पुलिस पेट्रोलिङका लागि आउन डराउँछन् । यहाँ एउटा क्याम्पेन चलाइएको थियो जसमा बर्मिंघम पब्लिक स्कूललाई ‘शरिया लो जोन’ मा परिवर्तन गरियो । बच्चाहरुलाई हलाल गरिएको खाना खान र किशोरीहरुलाई खेलमैदानमा बुर्का लगाउन दबाब दिइयो । यहाँ आजकाल हिंसाको खबर आउने गर्दछ । ३. डुईसवर्गः जर्मनीको शहर डुईसवर्गमा कुनै कानुन छैन । पुलिसको कुनै कन्ट्रोल नहुने यो देशमा चाँडै नै पब्लिक अर्डर पनि सिद्धिन्छ । जर्मन पुलिस युनियनका प्रसिडेन्ट रेनरको भनाई अनुसार यहाँको केही एरियामा पुलिस आफ्नो कार रोक्ने गर्दछन् किनभने उनलाई थाहा छ कि यहाँ जाँदा उनीहरुलाई ४०–५० मानिसहरुले घेर्ने गर्दछन् । ४. जेलसेनकिरचेनः जर्मनीको यो दोस्रो शहरलाई पनि ‘नो गो’ जोन घोषित गरिएको छ । यहाँ केही दिन पहिले पुलिसले दुई मानिसहरुलाई पक्राउ गरेका थिए । केही टाढा जाँदा नै पुलिसलाई १०० मानिसहरुले घेरे । पुलिस फोर्स बोलाए पछि स्थिती कन्ट्रोलमा आएको थियो । ५. रोबिक्सः फ्रान्सका नागरिकका अनुसार जब उनीहरु रोबिक्समा जान्छन् तब आफूलाई अर्कै देशमा गएको आभाष हुन्छ । यहाँ कुनै प्रकारको नियम र कानुन कुटपिट र तोडफोड नगरी लागु हुँदैन । ६. गया आइल्याण्डः चर्चित पर्यटकीय स्थल भइकन पनि यो पुलिसका लागि ‘नो गो’ जोन हो । यहाँ धेरैजसो मानिसहरु अवैध रुपमा बस्ने गर्दछन् । यहाँ रहेको ‘क्याम्पङ लोक उराई’ निकै खतरनाक मानिन्छ जहाँ निकै अपराध हुन्छन् । सरकारले त्यो ठाउँलाई हटाउनका लागि राम्रो घरको अफर दिएका छन् तर उनीहरुले त्यसलाई अस्विकार गरेका छन् । ७. लण्डन टावर ह्याम्लेट्सः लण्डनको टावर ह्याम्लेट्समा मुस्लिम जनसंख्या पाइन्छ । यहाँ मानिसहरु ‘शारिया कानुन’ लगाउन चाहन्छन् । महिलाहरु जो उनीहरु अनुसार पहिरन लगाउन अस्विकार गर्छन् उनीहरुलाई सिधै मृत्युको सजायँ दिइन्छ । यहाँ मुश्लिम र गैर मुश्लिम मानिसहरुले शारिया कानुन नमानेका कारण पिट्ने र मार्ने गरिन्छ । ८. मोलेनबिकः मोलेनबिक ब्रुसेल्सको सबैभन्दा खतरनाक एरिया हो । यसलाई पेरिस आक्रमणका लागि जिम्मेवार आतंककारीको घर भनिन्छ । यो ठाउँमा पुलिस जान डराउँछ भने यता सरकारले पनि यहाँका मानिसका लागि कुनै सुविधा दिएका छैनन् । यहाँ न कुनै विद्यालय छन् न त कुनै काम गर्ने ठाउँ नै । यो ठाउँलाई युरोपियन सरकारको विफलताको रुपमा हेरिन्छ । ९. परपिगनानः यो दक्षिण फ्रान्सको एउटा सानो सहर हो । यहाँ पुलिस पेट्रोलिङका बेला निकै ठूलो लफडा हुन्छ । यो एरियालाई पनि ‘नो गो जोन’ भनिन्छ । यसलाई फ्रान्समा मिनी मुस्लिम कन्ट्री भनिन्छ । यहाँ ड्रग डिलिङ, नस्लवाद, आदिवासी हिंसा हुनु सामान्य हो । फ्रान्सेली नागरिकले मुस्लिमको नियम नमान्नु नै यहाँ हिंसा हुने प्रमुख कारण हो । १०. भोल्समोसेः भोल्समोसे डेनमार्कको तेस्रो ठूलो सिटी हो जहाँ पुलिस जाँदैनन् । यहाँ थुप्रै संख्यामा आप्रवासी मानिसहरु पाइन्छन् । यहाँ आपराधिक क्रियाकलाप निकै धेरै हुन्छ । यहाँका मानिसहरुसँग रोजगारी पनि छैन । यहाँका कोही मानिसहरुसँग अटोमेटिक हतियार पाइएको खबर पनि आउने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप