बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वन्यजन्तु हाँसेको कहिले देख्नुभएको छ ? यहाँ हेर्नुहोस् रमाइला तस्बिरहरु

शनिबार, ११ भदौ २०७३, १६ : ३६
शनिबार, ११ भदौ २०७३
‘कमेडी वाइल्डलाइफ फोटो अवार्ड – २०१६’ चाँडै नै आयोजना हुने तयारीमा रहेको छ । यसका लागि मानिसहरुले देशका विभिन्न कुनाबाट जनावरका रोचक र रमाइला तस्बिरहरु पठाउने क्रम बढेको छ । यस वर्षको सुरुवातमा पठाइएका फोटोमध्ये सबैभन्दा राम्रो फोटो एउटा चितुवाको छ जो केही सामान पाएपछि मज्जाले हाँसेको जस्तो देखिन्छ । यस्तै गरी गोरिल्लाको अचम्मको स्थिती र हास्तीको मुख जमिनतिर पछारिएका तस्बिरहरु पनि उत्कृष्ट छन् । निर्णायक मण्डलमा वन्यजन्तु विशेषज्ञसहित कमेडियन ह्युज डेनिस, वन्यजन्तु टेलिभिजन प्रस्तोता केट हम्बल, अफ्रिकाका ल्याण्डस्केप फोटोग्राफर टम सुल्लाम र वाइल्डलाइफ फोटोग्राफर र कमेडी वाइल्डलाइफ अवार्डका संयोजक पल जेयनसन–हिक्स एमबिइ रहेको छन् । जज टम सुल्यामले भने, ‘हामीसँगै बाँच्ने वन्यजन्तुको आवश्यकता बुझ्नका लागि यो प्रतिस्पर्धाको आयोजना गरिएको हो । कमेडी हाम्रो जीवनको निकै महत्वपूर्ण पाटो हो । यस्ता थुप्रै अवस्थाहरु हुन्छन् जब घरपालुवा र वन्यजन्तुले मानिसको जस्तै व्यवहार गर्दछ ।’ गत वर्ष अष्ट्रियाको जुलियान र्याडले प्रतिस्पर्धा जितेका थिए । उक्त तस्बिरमा एक ह्याम्स्टर क्यामरातर्फ दौडिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप