आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक महिनामै ९ जना बेपत्ता

शनिबार, ११ भदौ २०७३, २१ : ३५
शनिबार, ११ भदौ २०७३
रोल्पा – जिल्लामा साउन एक महिनामै नौ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा छ महिला, दुई बालक र एक पुरुष रहेका छन् । खोजतलासका लागि आफन्तले दिएको निवेदन अनुसार बेपत्ता हुनेहरुमा जेदबाङ गाविस– ३ की ३५ वर्षीया दिलमाया कामी, भावाङ–४ की ५१ वर्षीया चन्द्रकला डाँगी, ह्वामा– ९ की ३५ वर्षीया खुमाकुमारी घर्तीमगर र उहाँका दुई छोरा १२ वर्षीय साजन र सात वर्षीय दिप्लब रहेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । यस्तै बेपत्ता भएका अन्यमा तेबाङ– ८ की २१ वर्षीया थमा पुन, बडाचौर– ९ की १७ वर्षीया हैमला विष्ट र लिबाङ– ७ की २७ वर्षीया अनिता गिरी रहेका छन् । बेपत्ता भएकाहरुको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप