आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली करातेका पदक विजेता सम्मानित

शनिबार, ११ भदौ २०७३, २१ : ५८
शनिबार, ११ भदौ २०७३

काठमाडौँ- पाँचौँ एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई बानियाँटारस्थित प्यारामाउन्ट एकेडेमीले आज सम्मान गरेको छ ।

प्यारामाउन्ट एकेडेमीमा आज आयोजित कार्यक्रममा उनीहरुलाई सहरीविकास मन्त्री अर्जुननरसिंह केसी र सांसद एवम् प्यारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसीले सम्मान गर्नुभयो ।

यही साउन २७ देखि ३० गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण र ९ कास्यपदक जितेको थियो । तीमध्ये भेट्रान्स एकल कातातर्फ विशनसिंह खड्का, ६१ केजीमाथि सोनु थापा तथा टिम कुमुतेमा सागर न्यौपाने, सागर भेटवाल र राजन भोलुन तामाङले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।

त्यस्तै, भेट्रान्स एकल कातामा पेम्बा तामाङ, टिम कुमुतेमा सुमन तिमल्सिना, प्रकाश गुरुङ र सुरज तामाङ, १०–११ वर्षको कुमुतेमा नेत्रकुमार थापा र मोहित परियार तथा ८४ केजीमाथि र एकल कातामा अनिश ठाकुरले कास्य जितेका थिए । स्वर्ण विजेता सोनुले टिम कुमुतेमा पनि थप एक कास्य हात पारे ।

सोही कार्यक्रममा एसियाली गोजुरियो कराते महासङ्घको महासचिवमा निर्वाचित बिआर मित्र र कोषाध्यक्षमा निर्वाचित सीताराम कँडेल पनि सम्मानित भए । त्यसैगरी एसियाली गोजुरियो कराते महासङ्घ (एजिकेएफ)को रेफ्रीमा उत्तीर्ण सिपी घर्तीमगर तथा निर्णायक (जज)मा उत्तीर्ण हुन सफल सानुबाबु गिरी र सुमन तिमिल्सिनासमेतलाई सम्मान गरिएको थियो । अफिसियल प्रमोद पाण्डे र सङ्गम रिजाल पनि सम्मानित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप