आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको छोराको शिक्षाका लागि काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको आर्थिक सहयोग

शनिबार, ११ भदौ २०७३, २२ : २९
शनिबार, ११ भदौ २०७३

काठमाडौँ, ११ भदौ - स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको छोराको शिक्षाका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दम्पत्तीले रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाल प्रेस युनियन काठमाडौँका साधारण सदस्य तथा केन्द्रीय सचिव क्षेत्रीको छोराको शिक्षाका लागि काठमाडौँ शाखाले निर्माण गरेको अक्षयकोषलाई पौडेल र उहाँकी धर्मपत्नी एन्जिला न्यौपानेले उक्त रकम सहयोग गर्नुभएको हो ।

पौडेलले आफ्नो यही वैशाख १५ गते भएको विवाह खर्च कटाएर स्व क्षेत्रीको छोराको शिक्षाका लागि सहयोग गर्नुभएको हो ।

नेता पौडेलले स्वर्गीय क्षेत्री बहुआयमिक व्यक्ति भएको भन्दै उहाँको परिवारका लागि राज्यले सोेच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले पत्रकारिताको विकास भएमात्र राजनीति पारदर्शी हुने भन्दै पत्रकारिताको विकासका लागि राज्यले विशेष चासो दिनुपर्ने उल्लेख गर्नुभयो ।

नेता पौडेलले संविधान कार्यान्वयन नभएसम्म मुलुकका कुनैपनि निर्वाचन सम्भव नभएको भन्दै यथासक्य चाँडो निर्वाचन गर्न दलहरुबीच एकता हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयन भएमात्र देशमा विकासको वातावरण सृजना हुन्छ ।”

नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्सालले स्वर्गीय क्षेत्रीको क्षमताको उचित सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस युनियनले स्व क्षेत्रीको परिवारका लागि गर्नुपर्ने सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले कोहीपनि पत्रकारको अकालमा ज्यान नजाओस् भन्ने ध्ययका साथ पत्रकार स्वास्थ्य कोष स्थापना गर्न लागिएको बताउनुभयो ।

काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले स्व क्षेत्री पत्रकारिताका नक्षत्र भएको भन्दै उहाँको परिवारको सहयोगका लागि प्रेस युनियन काठमाडौँ शाखा सँधै लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप