आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वाग्मती नदीमा -याफ्टिङ्ग

शनिबार, ११ भदौ २०७३, २२ : ३५
शनिबार, ११ भदौ २०७३

काठमाडौँ -पुडासैनी मैत्री समाजको नेतृत्वमा संचालन भैरहेको वाग्मती सफाइ अभियानको १३३ श्रृङ्खला तथा १६ औँ जलजात्राको सन्दर्भमा आज बिहान वाग्मती नदीमा -याफ्टिङ्ग कार्यक्रमको आयोजना गरियो । वाग्मती सफाइ महाअभियानको १७२ र समाजले आयोजना गरेका १३३ औँ श्रृङ्खलाका अवसरमा मुहानदेखि नै वाग्मती सफा राख्न आग्रह गर्दै जोरपाटीस्थित हत्यमोचनघाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ किमीको दुरीमा -याफ्टिङ्ग गरिएको हो । कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलविहार गरे  । विभिन्न सांसद, देशका राजदूत, प्रहरी र सेनाका उच्च पदस्थ अधिकारीलगायत ठूलो सङ्ख्यामा स्थानीयको सहभागिता नियमित नदी सफाइ कार्यक्रम समेत गरियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप