आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'सिधाकुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रचण्डले भने - सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको छ

शनिबार, ११ भदौ २०७३, २२ : ५४
शनिबार, ११ भदौ २०७३
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भइरहेका सवारी दुर्घटना न्यूनीकरण गर्न पहल भइरहेको बताएका छन् । नेपाल टेलिभिजनद्वारा शनिबार प्रसारित कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा प्रचण्डले यस्तो बताएका हुन् । उनले यो वर्षको दसैँ र तिहारजस्ता चाडपर्वमा कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नहुने समेत प्रचण्डले दाबी गरे । 'हरेक वर्षजसो दसैँ तिहारजस्ता चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको अभाव यो वर्ष हुनेछैन', कार्यक्रम ‘सिधाकुरा प्रधानमन्त्रीसँग’मा प्रचण्डले भने –“यो वर्ष यातायातको पनि कुनै समस्या हुनेछैन ।” आमजनताको जीवनमा प्रत्यक्ष अनुभूति हुनेगरी सूचना तथा सञ्चारलाई जोड्ने र त्यसको सदुपयोग कसरी गर्ने भन्नेबारेमा गम्भीर छलफल भइरहेको उनको भनाइ थियो । उनले भारत र चीन दुवै छिमेकी मुलुकलाई नेपालको सहयोगीका रूपमा राख्ने वातावरण सिर्जना गर्नेतर्फ आफ्नो आगामी भ्रमण केन्द्रित हुने प्रष्ट पारे । विदेशमा रहेका लाखौं नेपालीले भोग्नुपरेका समस्यालाई सम्बोधन गर्नेतर्फ आफू प्रधानमन्त्री भएकै दिनदेखि नै प्रयास गरेको र त्यसका लागि नीतिगत सुधार गर्ने तयारी भइरहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप