आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन शिक्षक संगठनबीच एकीकरण

शनिबार, ११ भदौ २०७३, २३ : ५०
शनिबार, ११ भदौ २०७३
नुवाकोट–एकिकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र नयाँ शक्ति पार्टी निकट शिक्षक संगठनहरुबीच नुवाकोटमा एकता भएको छ । तीन संगठनबीचको एकताको बैठकले जिलिङका दिपक ढुंगाना पुनः जिल्ला अध्यक्षमा सर्वसम्वत् चयन भए । ढुंगानाको अध्यक्षतामा चयन भएको ६३ सदस्यिय जिल्ला कार्य समितिको उपाध्यक्षहरुमा काजीमान डंगोल, गणेश लामिछाने, सुरेन्द्र अधिकारी, सरस्वती अधिकारी, सचिवमा वासुदेव पनेरु, सह सचिवमा दिनानाथ न्यौपाने, गिता उप्रेती, विष्णु दाहाल र कोषाध्यक्षमा इन्द्रमणी गैरे रहेका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिब शंकर अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो एकता बैठकले शिक्षबहरुको एकता गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप