सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुन्द्रे भन्दै ठट्टा गर्दा नमजा लाग्छ

शुक्रबार, १२ माघ २०७४, १२ : ४२
शुक्रबार, १२ माघ २०७४

हाँस्य कलाकार, जीतु नेपाल
 

जीतु नेपाल भर्सन्टाइल एवम् चर्चित हाँस्य कलाकार हुन् । उनी कलाकारितामा ‘मुन्द्रे’को नामबाट पनि चिनिन्छन् । हाँस्य टेलिशृङ्ला ‘जिरे खुर्सानी’मा मुन्द्रेको चरित्र निर्वाह गरेपछि उनको नामको पछाडि यो ट्याग झुन्डिएको हो । करिब दुई दशक अगाडि ‘ट्वाक्क टुक्क’ नामक हाँस्य शृङ्खलाबाट अभिनय सुरुवात गरेका जीतुले थुपै्र टेलिशृृङ्खला र करिब ४ दर्जन हाराहारीका चलचित्र अभिनय गरिसकेका छन् । अचेल सानोपर्दा, चलचित्र र देश विदेशको कार्यक्रम जताततै देख्न पाइने जीतु पछिल्लो समय चलचित्रका हिरोको रूपमा देखिँदै आएका छन् । कमेडी कलाकार दीपकराज गिरी र दिपाश्री निरौलाले निर्माण गरेको केही चलचित्रमा जीतुले हिरोगिरीसमेत गरेका छन् । जीतु केही दिन पहिले निर्देशक सुदर्शन थापाको चलचित्र ‘रामकहानी’मा महँगो पारिश्रमिकमा अनुबन्धित भएका छन् । प्रस्तुत छ यी नै कलाकार ‘मुन्द्रे’ अर्थात् जीतुसँग रातोपार्टीको दश प्रश्न ।
 

‘रामकहानी’ चलचित्रमा महँगो पारिश्रमिकमा अनुबन्धित भएको समाचार बाँहिर आएको थियो । साच्चै हो कि, हल्ला मात्र हो ?
– हल्ला मात्र होइन, साच्चै नै राम्रो पारिश्रमिक लिएको छु । पारिश्रमिक अनुसारको चलचित्रमा भूमिका पनि छ । 

सधैँ उस्तै देखिनु हुन्छ, आफूलाई फिट कसरी राख्नु हुन्छ ?
– बिहान नियमित एक्सरसाइज गर्छु । जसले मेरो शरीरलाई फिट र फूर्तिलो बनाउने काम गर्छ । त्यसको अलवा खानामा पनि कन्ट्रोल गरिरहेको छु ।

फेसन मनपर्छ ?
– फेसनको मामलामा म धेरै पछि छु । कस्तो पहिरन राम्रो, कस्तो नराम्रो केही जाँन्दिनँ । आफूलाई जे सुहाउँछ । त्यो लगाउँछु । मेरो लागि त्यही राम्रो । 

‘मुन्द्रे’का खराब बानी छन् कि ?
– किन नहुनु नि । खराब बानी नभएको मानिस हुँदैन होला । मेरो पनि केही खराब बानी छन् । कहिले काहीँ हल्का पिउने बानी छ । अर्काे कुरो मनमा कुरा नराखी बोल्ने बानी पनि छ । यसले कहिले काही असर गर्दाे रहेछ । म छिटो डिसिजन गर्छु । हतारमा डिसिजन गर्ने र फुर्सदमा पछुताउने मध्येको एक म पनि हुँ । 

कलाकारितमा नआएको भए ?
– कलाकारितामा नआएको भए म दुबई, मलेसियातिर काम गर्दै हुन्थँे होला ।

पूरा नभएको सपना ?
– मलाई बीए पास गर्ने धेरै रहर थियो । त्यो गर्न सकिनँ ।

जीतुभन्दा पनि धेरैले ‘मुन्द्रे’ भनेर चिन्छन् । यो परिचयले अप्ठ्यारो पारेको छ कि छैन ?
– धेरै छन् । कुनै दुःखद् घटनामा मलामी बनेर पशुपतितिर जाँदा होस् या अन्य संवेदनशील ठाउँमा जाँदा होस् अथवा आफन्त सिरियस भएको बेला अस्पतालमा पुगेको समय होस् । चिन्ने मानिसले कमेडियन सोचेर मुन्द्रे भन्दै ठठ्टा गर्दिन्छन् । त्यो समय अलि नमजा लाग्छ ।

माया गर्छु, घरजम गरौँ भन्ने फ्यान छन्, कि छैनन् ?
– फ्यान त धेरै छन् तर नढाँटी भन्नुपर्दा त्यस्ता खालको फ्यान अहिलेसम्म भेटेको छैन । मेरो नेचर त्यस्तो नभएर हो कि । म त्यस्तो प्रकारको गफ गर्न नजान्ने भएर हो कि । कामको बाहेक अन्यसँग गफ नै हुँदैन । मलाई त्यो बाटो जानु छैन । एउटा धेरै पहिले भेटेको थिएँ । उसलाई नै बिहे गरेँ । 

कस्तो केटी मनपर्छ ?
–आफूले यस्तो मनपर्छ भनेर हँुदो रहेनछ । अरूको जे बाँनी छ । त्यसमा नै आफूलाई एड्जस्ट गर्नुपर्दाे रहेछ । मिहिनेती, सरल स्वभाव भएकी केटी बढी मनपर्छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
– आफैले रोजेको, छानेको, जुराएको जे भने पनि श्रीमती छन् । कसैले कतै जाने अफर दियो भने श्रीमतीलाई घुमाउँछु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप