बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मृत्युमाथि विजय प्राप्त गरेकी मनिषा कोइराला यस फिल्ममार्फत बलिउडमा फिर्ता हुँदै

आइतबार, १२ भदौ २०७३, १० : १९
आइतबार, १२ भदौ २०७३
‘सौदागर’, ‘दिल से’, ‘खामोसी’, ‘मन’, जस्ता फिल्मबाट आफ्नो पहिचान बनाएकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइराला क्यान्सरसँग लडाइँ जितेपछि ‘डियर माया’ नामक फिल्मबाट बलिउडमा फिर्ता हुँदैछिन् । स्रोतका अनुसार उनलाई केही दिन अघि दिल्लीको चिडियाघरमा फिल्मको सुटिङ गरिरहेको देखियो । फिल्म बारे सोध्दा उनले आफूलाई फिल्मको कथाले आकर्षित गरेको बताइन् । यो फिल्म उनले जीवनको अर्को पाटो नभई आफू सधैं बलिउडमा नै रहेको र वर्षमा एउटा फिल्ममा अभिनय गर्ने स्पष्ट पारिन् । नायिका कोइरालालाई गर्भाशयको क्यान्सर भएपछि अमेरिकामा शल्यक्रिया गराएकी हुन् । आफ्नो सकारात्मक सोच र इच्छा शक्तिले क्यान्सरबाट बचाएको कोइरालाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप