बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोर्ब्स भन्छः शाहरुख, अक्षय संसारका सबैभन्दा धेरै कमाई गर्ने नायक

आइतबार, १२ भदौ २०७३, १० : ४०
आइतबार, १२ भदौ २०७३
फोर्ब्स म्यागजिनले संसारको सबैभन्दा बढि कमाउने नायक–२०१६ को सूचीमा बलिउडका किंग खान भने चिनिने शाहरुख खान र अक्षय कुमारलाई समावेश गरेको छ । फोर्ब्सद्वारा जारी गरिएको सूची अनुसार रेसलरबाट नायक बनेका ड्वेन जनसन ६४.५ मिलियन डलरको आम्दानीसँगै शीर्ष स्थानमा रहेका छन् । म्यागजिनका अनुसार संसारको सबैभन्दा बढि कमाउने २० नायकको सूचीमा शाहरुख खान ८ औं नम्बरमा छन् भने अक्षय कुमारले आफ्नो १० औं स्थान सुरक्षित गरेका छन् । फोर्ब्सका अनुसार शाहरुखको यस वर्षको आम्दानी ३.३० लाख डलर रहेको छ । यही स्थानमा उनीसँग ‘आइरन म्यान’ का डाउनी जुनियर यति नै कमाइका साथ यो स्थान बाँडेका छन् । ३.१५ करोड डलरको आम्दानीसहित बलिउडका नायक अक्षय कुमार हलिउडका चर्चित ब्राड पिटसँगै १० औं नम्बरमा छन् । यसका साथै २.८५ करोड डलर आम्दानीका साथ सलमान खान १४ औं नम्बरमा छन् जबकी २ करोड डलरको कमाईसँगै बलिउडका ‘बीग बी’ अमिताभ बच्चन १८ औं स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप