बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संसारको सबैभन्दा वृद्ध भएको दाबी गर्ने १४५ वर्षे भन्छन्, ‘मर्न तयार छु, २४ वर्षअघि चिहान बनाइसकें’

आइतबार, १२ भदौ २०७३, १२ : ४४
आइतबार, १२ भदौ २०७३
संसारको सबैभन्दा वृद्ध भएको दाबी गर्ने इन्डोनेसियाका १४५ वर्षे वृद्धाले आफू अब मर्न तयार भएको बताएका छन् । इन्डोनेसियाको समाचार एजेन्सी अनुसार बाह गोथो १४५ वर्षका भए । उनको जन्म सन् १८७० डिसेम्बर ३१ तारिखमा भएको थियो । डेली मेलका अनुसार उनका १० जना दाजुभाइ, सबैको मृत्यु भइसकेको छ भने उनका चारजना श्रीमतीको पनि मृत्यु भइसकेको छ । उनकी कान्छी श्रीमतीको मृत्यु सन् १९८८ मा भएको थियो । यसका साथै उनका सबै सन्तानको पनि मृत्यु भइसकेको छ । उनलाई उनका नाती÷नातिना, पनाती पनातीना, खनाती÷खनातीनाले पाल्दै आएका छन् । यदि यो जानकारी सही हो भने उनी संसारको सबैभन्दा वृद्ध मानिन्छन् । संसारका सबैभन्दा वृद्ध व्यक्तिमा १२२ वर्ष बाँच्न सफल फ्रान्सकी महिला जियने काल्मेन्टको पोल्टोमा छ । मध्ये जाभाको स्राजेनमा बस्ने यी वृद्ध नागरिकको अन्र्तवार्ता स्थानीय टेलिभिजन लिपुटान सिक्समा प्रसारण गरिएको थियो । ‘मेरो अन्तिम इच्छा नै मर्नु हो । मेरा नाती नातिना सबै आत्मनिर्भर छन्,’ उनले गत मंगलबार लिपुटान सिक्सलाई बताए । हजुरबुवाले आफू १२२ वर्षको हुँदादेखि नै आफ्नो चिहान बनाइसकेको उनका नाती सूर्यान्टोले बताए । उनले भने, ‘उनले सन् १९९२ मा चिहान बनाएका थिए जुन २४ वर्षअघि हो ।’ इन्डोनेसियाको रेकर्ड अफिसका अधिकारीहरुले बाह गोथोको इन्डोनेसियाको आइडीकार्डमा जन्ममिती ३१ डिसेम्बर, १८७० भेटेका छन् । उनका नाती नातिनाका अनुसार गोथो आजकाल दिनभरी रेडियो सुनेर आफ्नो दिन कटाउने गर्दछन् किनभने आँखाको ज्योती गुमेका कारण उनी केही गर्न सक्दैनन् । गत तीन महिनादेखि उनी निकै कमजोर भएका कारण उनलाई चम्चाले खाना खुवाउने र नुहाइदिने काम उनका नाती नातिनाले गर्दै आएका छन् । उनी लामो समयसम्म बाँचिरहनुका कारण उनको धैर्यवान् हो, उनका आफन्तले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप