बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

लिङ्ग परिवर्तन गरेर ‘बबी डार्लिङ’ ले गरिन् १५ वर्ष कान्छोसँग विवाह

आइतबार, १२ भदौ २०७३, १७ : ५३
आइतबार, १२ भदौ २०७३
बलिउड नायिका बबी डार्लिङले यस वर्षको फेब्रुअरीमा भोपालका व्यवसायी रमणीक शर्मासँग विवाह गरेकी छिन् । आफ्नो लिङ्ग परिवर्तन गरेर बबीले प्रेमी शर्मासँग विवाह गरेकी हुन् । विवाह पछि मिडियाबाट एकाएक हराएकी उनले भर्खरै टाइम्स अफ इन्डियालाई अन्र्तवार्ता दिएकी छिन् जहाँ उनले लिंग परिवर्तनको शल्यक्रिया र आफ्ना नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । लिंग परिवर्तन गरेपछि आफ्नो जिन्दगी निकै परिवर्तन भएको उनले बताएकी छिन् । उनले श्रीमान् शर्मालाई सोसल नटवर्किङ साइटमा भेटेको बताएकी छिन् । त्यहाँ नै उनीहरुले एक–अर्काको नम्बर साटासाट गरेपछि सम्बन्ध विवाहमा परिणत हुन पुगेको उनले जानकारी दिइन् । विवाहको बारेमा भने उनले धेरै कुरा खोल्न चाहिनन् किनभने उनी भन्छिन् उनका श्रीमानलाई मिडियाको अटेन्सन मनपर्दैन । प्रेमसम्बन्धमा धेरैपटक धोका खाएपछि उनले शर्मासँग विवाह गर्ने निर्णयमा पुगेको बताइन् । उनी भन्छिन्, ‘रमणीक पहिलो व्यक्ति हुन् जसले सुरुवातमा नै मलाई विवाहको लागि प्रस्ताव गरे । उनी इमान्दार र पारिवारिक व्यक्ति हुन् । उनीसँग विवाह गरेपछि म निकै खुसी छु ।’ विवाहपूर्व बबी डार्लिङले आफ्नो नाम परिवर्तन गरेर बैंकक पुगरे लिंग परिवर्तन गराइन् । बबी डार्लिङको वास्तविक नाम पंकज शर्मा हो । लिङ्ग परिवर्तन पछि उनी पाखी भएकी छिन् । यो प्रक्रिया निकै पीडादायी भएको उनले बताइन् । उनी भन्छिन्, ‘श्रीमानको आग्रहमा मैले बैंकक गएर आफ्नो लिंग परिवर्तन गरें । शल्यक्रियाको प्रक्रिया निकै पीडादायी थियो जसमा रमणीकले मलाई साथ दिए ।’ आफूहरुले निकै साधारण विवाह गरेको उनले जानकारी गराइन् । आर्य समाज मन्दिरमा विवाह गरेपछि उनीहरुले भोपालमा विवाह दर्ता गरे । उनी भन्छिन्, ‘हामीले मार्च महिनामा सिंगापुरमा हनिमुन मनायौं र एकअर्कासँग निकै राम्रो समय बितायौं ।’ अब आफूले फिल्ममा समलिङ्गीको भूमिका निर्वाह नगर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘म अब पूर्ण रुपमा महिला बनिसकेकी छु भने मैले अरु रोल किन निभाउने । म अब नायिका, भाउजुजस्ता रोल खेल्न चाहन्छु ।’ बबी डार्लिङको आफूभन्दा १५ वर्ष कान्छो रमणीक शर्मासँग विवाह भएको हो । बबी ४३ वर्षकी हुन् भने रमणीक २८ वर्ष पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप