आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘राष्ट्रियताका पक्षमा प्रगतिशील साहित्यकार एक जुट हुनुपर्छ’

आइतबार, १२ भदौ २०७३, २२ : १४
आइतबार, १२ भदौ २०७३
भक्तपुर, भदौ १२–प्रगतिशील साहित्यकार निनु चापागार्इंले राष्ट्रियता, स्वाधीनता, जनतन्त्र र जनजीविकाका लागि प्रगतिशील साहित्यकार एक जुट भएर बहस र छलफल गर्नुपर्ने बताउनुभएको छ । प्रगतिशील लेखक सङ्घ नेपाल केन्द्रीय समिति र जिल्ला समिति भक्तपुरद्वारा संयुक्त रुपमा आयोजित ‘राष्ट्रियता र स्रष्टाको दायित्व’ विषयको विचार गोष्ठी एवम् जनपक्षीय कविता वाचन कार्यक्रमलाई सम्बोधन गर्दै प्राज्ञ चापागार्इंले यस्तो विचार व्यक्त गर्नुभएको हो । प्रलेसका केन्द्रीय अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले सोही विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा विजय सुब्बा र नेत्री विन्दु चन्दले टिप्पणी गर्दै भारतीय विस्तारवाद र अमेरिकी एवम् युरोपीय साम्राज्यवादको छाया नेपाली राजनीतिमा परिरहेकाले स्रष्टाले यसका विरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा साहित्यकार मित्रलाल पङ्गेनी, अभय श्रेष्ठ, हरिहर तिमिल्सिना, रामगोपाल आशुतोष, बाबुकाजी श्रेष्ठ, राम सिख्वः, कृष्णमोहन जोशी, प्रकाशमान श्रेष्ठ, नवीनप्रकाश श्रेष्ठ, डा विश्वनाथ बराल लगायतले राष्ट्रियता, जनजीविका र स्वाधीनताका विषयमा कविता वाचन गर्नुभएको थियो । डिल्लीराम ढकालले गजल प्रस्तुत गर्नुभएको सो कार्यक्रममा सीता सुवेदी, सुदेश सत्याल, पुण्य घिमिरे, अशोक कुँवर, मुकुन्द पोखरेल, मधु क्षेत्री, आनन्दराम पौडेल, शोभा दुलाल, ढुण्डीराज अधिकारी लगायतले जनपक्षीय कविता एवम् गीत प्रस्तुत गर्नुभएको थियो । केन्द्रीय महासचिव आरएम डङ्गोल र प्रलेस भक्तपुरका अध्यक्ष मनोहर लामिछानेले जनपक्षीय साहित्यले राजनीति परिवर्तनमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप