आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विमानस्थलको अनुगमनमा पर्यटनमन्त्री

आइतबार, १२ भदौ २०७३, २२ : २४
आइतबार, १२ भदौ २०७३

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । तीन दिनअघि मन्त्रीको पदभार ग्रहण गर्दा एक साताभित्र विमानस्थलमा सुधार गर्न निर्देशन दिएका मन्त्री शाही बिहान सबेरै विमानस्थल पुगेका थिए । त्यसक्रममा मन्त्री शाहीले विमानस्थलको उडान कक्ष, प्रतीक्षालय, शौचालय, लगेज व्यवस्थापनलगायतको निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा पर्यटनमन्त्रीले हालको सुधारको कार्यलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप