बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गर्भवती करिना र्‍याम्पमा क्वाटवक गर्दा हेर्ने सबै दङ्ग (फोटोफिचर)

सोमबार, १३ भदौ २०७३, १० : २८
सोमबार, १३ भदौ २०७३

बलिउड अभिनेत्री करिना कपुर गर्भवती भएको कुरा धेरैलाई थाहा छ । ग्ल्यामरको यो दुनियाँमा गर्भवतीका बाबजुद पनि उनले आफ्नो कर्मलाई छोडेकी छैनन् । मुम्बईमा चलिरहेको ल्याक्मे फेसन विकमा उनी र्‍याम्पमा क्याटवाक गरिरहेको देखिइन् । उनी डिजाइनर सब्यसाची मुखर्जीका लागि र्‍याम्पमा उत्रिएको बताइएको छ । उनी ल्याक्मे फेसन विक विन्टर फेस्टिभको सो स्टपर बनेकी थिइन् ।

‘मेरो लागि उक्त र्‍याम्पवक निकै भावनात्मक क्षण थियो किनभने हामी (करिना र उनको नजन्मिएको सन्तान) एकैपटक र्‍याम्पमा हिँडेका थियौं । त्यो क्षण निकै खुसीको क्षण थियो,’ करिनाले भनिन् ।

गर्भवती हुनु एक सामान्य प्रक्रिया बताउने करिना भन्छिन्, ‘म र्‍याम्पमा निकै खुसी र आत्मविश्वासी थिएँ । गर्भवती महिला हिँड्न र उड्न सक्छिन् । मेरो लागि यो सामान्य हो । कामको कुरा गर्नुपर्दा, अभिनय मेरो नशा नशामा छ र म मर्ने बेलासम्म काम गर्छु ।’

करिनाले लेहेंगा लगाएर क्याटवक गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप