मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वशान्तिको लागि एक नेपालीले सगरमाथामा सवै देशको झण्डा फहराउने

सोमबार, १३ भदौ २०७३, ०९ : २२
सोमबार, १३ भदौ २०७३

काठमाडौं - विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथा शिखरमा संसारका सवै देशको झण्डा फहराउने अभियानमा एकजना हिमाल आरोही लागिपरेका छन् ।

दोलखा गौरीशङ्कर गाविसका फुर्वा ठिले शेर्पाले यसअघि नै यो अभियान थालेपनि २०७२ साल बैशाखको भूकम्पले अभियान रोकिएको थियो । रोकिएको अभियान उनले पूनः शुचारु गर्न लागेका हुन् । शेर्पाले विश्वका हरेक स्वतन्त्र राष्ट्रका राष्ट्रिय झण्डाहरु सङ्कलन गरी विश्वशान्ति र मित्रताको ऐक्यबद्धताका लागि सगरमाथाका चुचुरो एकसाथ फहराउने बताएका छन् । सांकेतिक रुपमा संसारलाई एउटै मिलन विन्दुमा ल्याई विश्व भाइचाराको सम्बन्ध कायम गर्न भन्दै उनले देशको प्रतीक स्वरुप विभिन्न देशको ‘झण्डा’ संकलन समेत गरी सकेका छन् । उनले नेपालको झन्डा केही दिनमा प्रधानमन्त्री प्रचण्डसँगबाट लिने योजना बनाएका छन् । उनले राष्ट्र संघका प्रतिनीधि मार्फत राष्ट्र संघमा आबद्ध सवै देशका झन्डा लिइसकेका छन् । शान्तिप्रेमी जनता र सरकारको विश्व शान्ति र मित्रताप्रतिको प्रतिबद्धतालाई संसारकै सर्वाेच्च शिखर सगरमाथाको उच्च विन्दुमा पु¥याई सगरमाथालाई साक्षी राखी सपथग्रहण गराउने उनको योजना छ । ४२ बर्षका शेर्पाले विशुद्ध र पवित्र लक्ष लिएर कम्मर कसेर लागेको बताएका छन् । वैज्ञानिक आविष्कार दुरुपयोग हुन पुग्दा विश्वमा नरसंहारकारी हाहतियार विनाशकारी बमगोला तथा रासायनिक हतियार निर्माण र प्रयोग भइरहेको प्रति चिन्ता व्यक्त गर्दै शेर्पाले दया, माया, कारुणा, बाँच र बचाउको भावना सहित अभियान शुरु गरेको उल्लेख गरेका छन् । सगरमाथा आरोहणबारे उनले निम्न उद्धेश्य बनाएका छन् । - विश्व शान्ति र विकासका लागि भ्रातृत्व र प्रेम बढाउने काममा भावनात्मक ऐक्यवद्घताको रचनात्मक पहल गरिने । - विश्वभरका मानवहरुमा बाँच र बचाउ भनने मानवीय भावना विकासमा लाग्न अभिप्रेरित गरिने । - संसारका सम्पूर्ण राष्ट्रिय झण्डाहरु औपचारिक रुपमा संकलन गरी सर्वाेच्च शिखर सगरमाथालाई साझा मिलन विन्दुका रुपमा विश्व शान्ति र मित्रताको प्रतिबद्धताको लागि फहराइने । - संसारभरका जात, जाति, धर्म, लिङ्ग, वर्ण, भाषा र सम्प्रदाय भित्रका मानिसहरुलाई भावनात्मक रुपमा एक भइ विभाजन र विखण्डन हुन अलग रहन आव्हान गरिने । - मानव एकताको भावना जागृत गराउन हरेक राष्ट्रका राष्ट्रिय झण्डालाई विश्वको सर्वाेच्च शिखर सगरमाथाको टुप्पोमा फराइने । सगरमाथा आरोही शेर्पाले सगरमाथाको चुचुरोमा फहराइएका विश्वका विभिन्न देशका झण्डाहरुलाई शान्ति र मित्रताको स्मरण गराउन चिनो स्वरुप सोही राष्ट्रका प्रमुखहरुलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ । उनले आफ्नो अभियानलाई सहयोग गर्न अफिल समेत गरेका छन् ।

पढ्नुहोस - शेर्पाको संघर्षको कथा : सगरमाथा आधारशिविरमा भूकम्प : उनी घाँटीसम्म हिमपहिरोले पुरिए पनि बाँचे 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप