बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एउटा यस्तो मन्दिर जुन १० लाख बढि बियरको बोतलले बनेको छ

सोमबार, १३ भदौ २०७३, ११ : ०२
सोमबार, १३ भदौ २०७३
मन्दिरलाई सुन्दर बनाउनका लागि त्यसमा सुन, चाँदीको जलप लगाउनुका साथै विभिन्न सिंगमर्मरको प्रयोगले यसलाई टिलिक्क बनाइन्छ । यस्तो हामीले नेपाललगायत भारतका विभिन्न प्रसिद्ध मन्दिरमा देखेका छौं । तर बियरको बोतल प्रयोग गरेर पनि मन्दिर बनाइएको छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । थाइल्याण्डमा यस्तै मन्दिर छ । यहाँ बौद्ध भिक्षुहरुले बियरको खाली बोतलको प्रयोग गरेर निकै आकर्षक मन्दिर बनाएका छन् । थाइल्याण्डको सिस्केटमा केही बौद्ध भिक्षुहरुले करिब १० लाख बियरको बोतललाई जम्मा गरी यो मन्दिर बनाएका हुन् । मन्दिरको नाम ‘वात पा माहा चेडियो काइउ’ रहेको छ । प्रयोगविहिन बोतललाई कसैले मन्दिर निर्माण गर्छन् भनेर मानिसहरुले सोच्न पनि सक्दैनन् त्यसकारण यसलाई हेर्न मानिसहरु देशका विभिन्न कुनाबाट आउने गर्दछन् । मन्दिरको वरिपरिको भागमा समेत बियरको बोतल लगाइएको छ भने यहाँ बनाइएका शौचालयमा पनि बियरकै बोतल टाँसिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप