बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

महिलाले आफ्नै हातखुट्टा काट्न एक व्यक्ति भाडामा लिइन्, कहानी सुन्दा पुलिस चकित

सोमबार, १३ भदौ २०७३, ११ : ५२
सोमबार, १३ भदौ २०७३
एक भियतनामी महिलाले आफ्नो देब्रे हात र खुट्टा काट्न एक व्यक्तिलाई पैसा तिरको स्विकार गरेपछि पुलिस चकित भएका छन् । सरकारले उपलब्ध गराउने १ लाख ८० हजार डलर (लगभग १ करोड ९४ लाख रुपैयाँ)को स्वास्थ्य बिमा पाउनका लागि उनले यसो गरेको बताइन् । उक्त घटना गत मे महिनाको हो जब ३० वर्षीया लि थी एनले एक व्यक्तिलाई आफ्नो देब्रे हात र खुट्टा काट्नका लागि २ हजार २०० डलर (लगभग २ लाख ३७ हजार रुपैयाँ) तिरेर मनाइन् । डोआन भान डी र लिले सम्झौता गरेअनुरुप उनको हात खुट्टा रेल दुर्घटनामा गुमेको बताउनुपर्ने र डोआनले लि लाई निकै क्षतविक्षत स्थितीमा हानोईको रेलरोडमा फेला पारेको काल्पनिक घटना रचे । ‘दुर्घटना’ बारे उनले नै एम्बुलेन्सलाई बोलाएको र पुलिसलाई जानकारी दिएका थिए । उनीहरुले बुनेको कथा अनुरुप लि थी एन हात र खुट्टामा ठूलो चोट लागेका कारण अचेत भएकी थिइन् । ‘दुर्घटना’ हुनुपूर्व आफू रेलको ट्र्याक वरिपरि घुमिरहेको उनले पुलिसलाई जानकारी दिइन् । [caption id="attachment_74862" align="alignleft" width="840"] डोआन भान डी[/caption] दुर्घटनापछि उनलाई बचाउने डोन भान डीलाई उनले घटनाभन्दा अघि कहिले नदेखेको पुलिसलाई बताएकी थिइन् । सुरुमा ती महिला उक्त दुर्घटनामा बाँच्न सफल भएकाले उनलाई भाग्यमानी भन्नेहरुको कमी थिएन तर ती महिला र २१ वर्षे उनको हात खुट्टा काट्ने युवक बिच चिनजान भएको थाहा पाएपछि पुलिसले उक्त शंकास्यद घटनाको छानबिन गरी तथ्य कुरा सार्वजनिक गरेको हो । अनुसन्धानको क्रममा पुलिसले थाहा पाए कि ली थी एनको व्यवसाय त्यति राम्रो नभएको र उक्त ‘विभत्स दुर्घटना’ हुने केही दिन अघि मात्र उनले ठूलो रकमको स्वास्थ्य बिमा खरिद गरेकी थिइन् । पुलिसले उनलाई केरकार गर्दा हात खुट्टा काट्नका लागि उनले डोआन भानलाई पैसा तिरेको स्विकार गरेकी छिन् । दुर्भाग्यवश, लि थी एनले आफ्नो देब्रे हात, खुट्टा र लगभग २ लाख ३७ हजार गुमाइन् तर उनी स्वास्थ्य बिमा दाबी गर्न भने वञ्चित भइन् । पुलिसले यी दुबैको सबै अपराध माफ गरेको छ । पुलिस भन्छ, ‘उनी अंगभंग भइन्, यो नै उनको सबैभन्दा ठूलो सजायँ हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप