बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘म नराम्री देखिए, उनीहरुले मलाई बलात्कार गर्ने छैनन्, त्यसकारण आफैंलाई जलाएँ’

सोमबार, १३ भदौ २०७३, १२ : ५८
सोमबार, १३ भदौ २०७३
यजीदी धर्मकी यी युवती विगत १५ दिनदेखि इराकको एक शरणार्थी शिविरमा बसिरहेकी थिइन् । उनलाई अचानक यस्तो लाग्यो कि आइएसआइका लडाकु उनी बसेको पालबाहिर छन् । उनी आत्तिइन् । वास्तवमा त्यहाँ कोही पनि थिएन । तर आइएसका लडाकुद्वारा आफू पुनः बलात्कृत हुन्छु कि भन्ने डरले उनलाई पूर्ण रुपमा गाँजेको थियो । त्यसकारण त कोही नुहँदा पनि उनी आइएसआइका लडाकु आउँछन् कि भन्ने डरमा हुन्छिन्, हरबखत । यही डरले १७ वर्षीया यास्मिनले आफूलाई कुरुप बनाउने कसम खाइन् र आफूमाथि पेट्रोल खन्याइन् त्यसमाथि आगो झोसिन् । त्यो आगोले उनको कपाल र अनुहार जलायो, उनको नाक, कान र ओठ ओखल्यो । उनले आफूले आफैंलाई यसरी जलाउनुको पछाडि मात्र एउटा उद्देश्य छ – बलात्कृत हुनबाट जोगिनु । एक जर्मन डाक्टरले आधा जलेको शरिरसहित उनलाई उत्तरी इराकको शरणार्थी शिविरमा भेटेका थिए । उनी शारिरिक र मानसिक दुबै रुपमा विक्षिप्त थिइन् । उनी हर समय यति डराएकी हुन्थिन् कि कोही उनलाई बलात्कार गर्न आउँदैछ । अहिले यास्मिन १८ वर्षको भएकी छिन् । उनको समूदायबाट ११ सय अन्य महिलाजस्तै उनी आइएसको चंगुलबाट उम्कन सफल भएकी छिन् । उनी यति धेरै टुटेकी छिन् कि अहिले उनी जर्मनीमा दिमागको उपचार गराइरहेकी छिन् । बलात्कारको घाउ गहिरो हुन्छ । शारिरिकभन्दा बढि मानसिक । जर्मन डाक्टर उनको टेन्टमा पहिलो पटक पुग्दा उनले भनेकी थिइन्, ‘मलाई यहाँबाट छुटाउनुहोस् । कुनै यस्तो ठाउँमा पुर्याउनुहोस् जहाँ म पहिलो यास्मिन बन्न सकूँ ।’ सन् २०१४ मा जब आइएसका लडाकु उत्तरी इलाकामा पुगे तब उनीहरुले यजीदी इलाकामा आफ्नो कब्जा जमाए । त्यहाँका मानिसहरुलाई तीन भागमा बाँडियो । युवकहरुलाई आइएसको लागि लडाइँ गर्न पठाइयो । वृद्ध–वृद्धालाई इस्लाम स्विकार गर्न आदेश दिइयो, जसले अस्विकार गरे उनीहरुको हत्या गरियो । महिलालाई बेचियो । उनीहरुलाई सेक्स मजदुर बनाइयो । यास्मिन तिनै महिलामध्येकी एक थिइन् । एक डेढ सय होइन, ४ लाख यजीदीहरुलाई बेघर बनाइयो । त्यसमध्ये सयौंलाई मारियो । डाक्टर किजिल्हन उत्तरी इराकबाट आएका यस्ता थुप्रै महिलासँग काम गरिसकेका छन् । जे उनले भने, त्यसले सबैलाई आहत बनाउँछः ‘यो भन्दा कुरुप अवस्था मैले आफ्नो जीवनमा कहिले पनि देखेको छैन । एक ८ वर्षीया बालिका छिन् । उनलाई आइएसल ८ पटक सौदा गरेको उनले मलाई बताइन् । र पछिल्लो १० महिनामा उनी १०० पटक बलात्कृत भइसकेकी छिन् । मानिसहरु यति क्रुर कसरी हुन सक्छन् ?’ उनीहरुमध्ये एक महिला छिन् जसको ४ वर्षकी छोरी थिइन् उनलाई आइएसले लिएर गए । सुनौलो कपाल भएकी, निलो आँखा भएकी उनकी सानी छोरीलाई एक आइएस लडाकुले बालिका ९ वर्षकी भएपछि विवाह गर्ने बताए । बालिका अहिलेसम्म आइएसको कब्जामा छिन् । ती महिला जहिले पनि सुनौलो कपाल र निलो आँखा भएकी बालिका देख्छिन् तब उनी पागल हुन्छिन् । आइएसको पकडमा भएका ती दिनका कुरा गर्दा उनको गला सधैं अवरुद्ध हुन्छन् । उनी भन्छिन्, ‘मेरो कानमा उनीहरुको आवाज गुञ्जिरहेको थियो । म निकै आत्तिएकी थिएँ । र मैले केही कुरा सहन सक्दिनथें । हेर्नुहोस्, अहिले मेरो के हालत भएको छ ।’ यास्मिन आफ्ना आमा बुवा, बहिनी र दुई भाइसँग बस्छिन् । उनकी बहिनी दिदीको यस्तो हालत बारे कुरा गर्न चाहन्नन् । न त उनको घरका अरु महिला । तर यस्मिन भन्छिन्, ‘मानिसहरुले हाम्रो कहानी जान्न जरुरी छ जसका कारण अरु महिला यस्तो हुनबाट जोगिउन् ।’ ‘म यतिमात्र चाहन्छु कि म यति ठिक हुँ कि जब म सडकमा हिँडू मानिसहरुले मेरो जलेको अनुहारलाई फर्की फर्की नहेरुन् र बच्चा मलाई देखेर नडराउन्, ’ उनले आफ्नो इच्छा व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप