बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई र अरुण इन्टरकन्टिनेन्टल बिच सम्झौता

सोमबार, १३ भदौ २०७३, १३ : ०७
सोमबार, १३ भदौ २०७३
काठमाडौं । आफ्ना ग्राहकलाई सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक – एसएमइ तथा रिटेल बैंकिङ्ग, सुरेन्द राज रेग्मी र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको तर्फबाट महा प्रबन्धक–फाइनान्स मनिष कुमार जैनले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र अनुसार अब सुजुकी ब्राण्डका कुनैपनि निजि वा व्यापारिक प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्र्तगतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडिहरुलाई ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई आफ्नो सबै शाखाहरुबाट आकर्षक ब्याजदरसहित बढिमा ७ वर्षको लागि ८०% सम्म कर्जा प्रवाह गर्ने छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप