बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्यानडाका ‘कूल’ प्रधानमन्त्रीलाई संसारले यसकारण मनपराउँछ

सोमबार, १३ भदौ २०७३, १५ : ४९
सोमबार, १३ भदौ २०७३
सन् २०१५ को नोभेम्बर ४ तारिखदेखि क्यानडाको प्रधानमन्त्री पदमा आसिन जस्टिन ट्रुडो सम्भवतः संसारका सबैभन्दा रुचाइएका प्रधानमन्त्री हुन् । उनले आफ्नो कार्यकालमा थुप्रै बोल्ड डिसिजन गरे जसले गर्दा उनी पूरा देशभरि चर्चित भए । तर, उनी संसारभरी चर्चित हुनुका कारण भिन्न थियो । प्रधानमन्त्री भइकन पनि उनले जुन कार्यहरु गरे त्यसले उनलाई अन्य देशका प्रधानमन्त्रीभन्दा भिन्न बनायो जसले उनलाई संसारसामू परिचित हुन सहयोग गर्यो । उनी अरुभन्दा एक कदम अगाडि छन् । जुन यसप्रकार छन्ः १. उनी सिरियाका शरणार्थीलाई स्वागतार्थ विमानस्थलमा व्यक्तिगत रुपमा गए । २. उनको अभियानको विज्ञापनमा उनकै खिल्ली उडाइएको थियो । र उनी यसमा ‘कूल’ छन् । ३. प्रधानमन्त्री भएपछि उनको मन्त्रीपरिषद् समावेशी थियो जब उनलाई पत्रकारले यसो गर्नुको पछाडि के कारण थियो भनेर प्रश्न गरे तब उनको उत्तर थियो, ‘किनभने यो २०१५ हो ।’ http://i100.independent.co.uk/image/2232-19g03su.gif ४. सम्भवतः उनी यो ब्रम्हाण्डका एक्ला व्यक्ति हुन् जसले बेलायती महारानीसँग खुल्ला रुपमा जिस्किए । ५. उनको पार्टी ट्रिक्स बच्चालाई एक हातले सन्तुलित गरेजस्तो देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप