आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सूचनाको हक प्रयोग गरेर सूचना माग गर्नुपर्ने

सोमबार, १३ भदौ २०७३, २२ : १३
सोमबार, १३ भदौ २०७३
काठमाडौँ, १३ भदौ -आमसञ्चार माध्यम तथा त्यसमा कार्यरत पत्रकार र सञ्चारकर्मीले सूचनाको हक प्रयोग गरेर सूचना माग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपाललगायत सङ्घसंस्थाद्वारा आज आयोजित ‘सूचनाको हक र पत्रकार आचारसंहिता’ विषयको अन्तक्र्रियामा सञ्चारविज्ञले सहज रूपमा सूचना नपाएका खण्डमा सूचनाको प्रयोग गरेर सूचना प्राप्त गर्न आग्रह गरेका हुन् । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले नागरिकको सूचनाको हकलाई अन्य हकभन्दा उच्च महत्वमा राखी सरकारी निकाय, सञ्चारमाध्यम र नागरिक समाजले उच्च महत्व दिई संवैधानिक हक दिलाउन प्रयत्न गर्नुपर्ने बताए । पछिल्लोपटक आयोगको सक्रियतासँगै सूचना दिने क्रम बढ्दै गएको उनको दाबी छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले पछिल्लोपटक पत्रकार आचारसंहिताको उल्लङ्घन भइरहेका अवस्थामा काउन्सिलले नयाँ आचारसंहिता तयार गरी कडाइका साथ लागू गर्ने तयारी गरिरहेको जानकारी दिए । पत्रकार आचारसंहिताबारे जानकारी हुँदाहुँदै ठूला सञ्चारमाध्यमले नै त्यसको उल्लङ्घन गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप