आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारायणी किनारमा २ र त्रिवेणी ब्यारेजमा १ को शब भेटियो, बस दुर्घटनाका मृतकको शब भएको आशंका

सोमबार, १३ भदौ २०७३, २२ : १६
सोमबार, १३ भदौ २०७३
चितवन, भदौ १३– पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा आज दुई शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अन्दाजी ३०÷३५ वर्षका तराई मुलका जस्ता देखिने उक्त शवको सनाखत हुन सकेको छैन । कपडामा रगत लागेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले ती शव यही शुक्रबार त्रिशूली नदीमा दुर्घटनाग्रस्त बसका यात्रुको हुनुसक्ने बताए । इप्रका दिव्यनगरका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ती शव नारायणी नदीको दुईवटा भङ्गालोमा भेटिएका हुन् । शवमा किरा लाग्न थालेको छ । उक्त शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । यसैबीच, आजै नवलपरासीको त्रिवेणी ब्यारेजमा अर्को एक शव पनि फेला परेको छ । उक्त शव पनि सोही दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको हो÷होइन भन्ने यकिन नभएको प्रहरी उपरीक्षक कुँवरले बताए । रौतहटबाट पोखरा जाँदै गरेको रात्रि बस यही शुक्रबार नारायगढ–मुग्लिङ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा २२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका थिए । सोही दुर्घटनामा परी आफन्त हराएको भन्दै १३ जनाले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप