बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कट्रिना कैफको नयाँ फिल्ममा सेन्सर बोर्डको कैंची, मनपराएनन् उनले ‘ब्रा’ लगाएको दृश्य

मङ्गलबार, १४ भदौ २०७३, ०९ : ३०
मङ्गलबार, १४ भदौ २०७३
बलिउडकी ‘बार्बी गर्ल’ भनेर चिनिने कट्रिना कैफको नयाँ फिल्ममाथि सेन्सर बोर्डले आपत्ति जनाएको छ । कट्रिना र सिद्धार्थ मल्होत्राको फिल्म ‘बार बार देखो’ मा बोर्डले कैंची चलाएको छ । स्रोतका अनुसार यो फिल्ममा सेन्सर बोर्डले सविता आन्टिको कार्टुन क्यारेक्टरको रिफरेन्स सिन र कट्रिनाले ब्रा लगाएको दृश्यलाई हटाउनको लागि आदेश दिएको छ । दुबै दृश्य हटाइसकेपछि मात्र सेन्सर बोर्डले फिल्मलाई यूए सर्टिफिकेट दिएको छ । फिल्मका निर्देशक नित्या मेहरा सेन्सर बोर्डको यस्तो आदेशले रुष्ट छन् । कट्रिना कैफको फिल्ममा सेन्सर बोर्डले कैंची चलाएको यो पहिलो घटना भने होइन । योभन्दा पहिले बोर्डले ‘उड्ता पंजाब’ का थुप्रै दृश्यमाथि आपत्ति जनाएपछि निकै बबाल भएको थियो । यही कारणले बोर्डका अध्यक्ष पहलाज निलहानीमा विभिन्न प्रश्नहरु तेस्रिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप