बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आइफोन सेभेन र सेभेन प्लस आज लञ्च हुँदै, थाहा पाउनुस् यसका विशेषता

बुधबार, २२ भदौ २०७३, ११ : ००
बुधबार, २२ भदौ २०७३
संसारको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले आफ्नो नयाँ संस्करण आइफोन सेभेनको  सप्टेम्बर ७ तारिखका दिन लञ्च हुँदैछ । आइफोन सेभेनसँगै एप्पलको नयाँ वाच र सेभेन प्लस पनि लञ्च गरिने अनुमान गरिएको छ । पत्रकारहरुलाई दिएको निम्तोमा उनले ‘ See you on the 7th’ क्याप्सन दिएका छन् । स्रोतका अनुसार यो फोनमा ३.५ एमएको अडियो ज्याक नहुने बताइएको छ जसका कारण यो फोन अन्य आइफोनभन्दा निकै पातलो हुने बताइएको छ । यस्तो हुने हो भने, आइफोन सेभेनका प्रयोगकर्ताले वायरलेस हेडफोन लिन आवश्यक छ । तीन प्रकारका आइफोन सेभेनलाई बजारमा उतारिने विभिन्न स्रोतले दाबी गरेको छ । स्रोतलाई मान्ने हो भने यो आइफोन बाँकी सबै आइफोनको तुलनामा निकै स्लिम हुनेछ । यसको एन्टिना लाइनको ठाउँमा पनि थोरै परिवर्तन गरिनेछ । यो आइफोन अरुभन्दा धेरै वाटर रेसिस्टेन्ट हुने पनि बताइएको छ । यसका साथै यसको र्याम ३ जीबीसम्म रहने छ । यसपटक एप्पले आफ्नो बेस मोडल १६ जीबीलाई परिवर्तन गरेर ३२ जीबी गर्ने स्रोतले बताएको छ । अर्थात् यसमा कम्तीमा पनि ३२ जीबीको स्टोरेज हुनेछ । यसका साथै यसलाई १२८ जीबी र २५६ जीबीसम्म बढाउन सकिन्छ । पछिल्ला केही महिनादेखि यसका विशेषबारे थुप्रै प्रकारको टिका टिप्पणी गरिरहेका छन् । कतिले त यसका विशेषता लिक भएको दाबीसमेत गरेका छन् । यसका साथै आइफोन सेभेनमा ड्युअल लेन्स क्यामरा हुने कुरा निकै पहिलेदेखि गरिएको थियो । भर्खरै लिक भएका केही जानकारीमा पनि आइफोन सेभेनको एक प्रकारमा सिंगल लेन्स हुने बताइएको छ भने अर्कोमा ड्युअल लेन्स हुने बताइएको छ । ड्युअल लेन्स भएको यो आइफोनको नाम आइफोन सेभेन प्लस हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप