मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संस्कृति र उड्डयन क्षेत्रलाई छाडेर पर्यटन पूर्ण हुन सक्दैन : मन्त्री शाही

मङ्गलबार, १४ भदौ २०७३, १३ : ३२
मङ्गलबार, १४ भदौ २०७३

काठमाडौं– नवनियुत्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीले सकारात्मक सोचका साथ व्यवहारिक रुपमा पर्यटनको विकासका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार पर्यटन पत्रकारहरुसँगको संगठन नाटोजसँगको भेटमा उनले संस्कृति र उड्डयनलाई छाडेर पर्यटन मन्त्रालय पूर्ण हुन नसक्ने भन्दै तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाउने बताए ।

पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नाटोजसँग सहकार्य गरेर आफु अगाडि बढ्न प्रतिवद्ध रहेको बताउदै मन्त्री शाहीले आफ्नो कार्यकाललाई सफल र उपलब्धी मूलक बनाउन आवश्यक सहयोगका लागि समेत आग्रह गरे ।

नाटोजले शाहीलाई भेटी बधाई तथा शुभकामना समेत व्यक्त गरेको थियो । सो अवसरमा संघका अध्यक्ष शिव अधिकारीले पर्यटनका सम्भावनायूक्त ठाउँहरुको पहिचान गरि त्यसको प्रवद्र्धनमा राज्य चुकेको भन्दै त्यसका लागि गहन रुपमा मन्त्रालय लाग्नुपर्ने सुझाव दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप