बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

किम जोंगलाई नमानेको भन्दै उत्तर कोरियाले दुई शीर्ष अधिकारीलाई सार्वजनिक रुपमा झुण्ड्यायो

मङ्गलबार, १४ भदौ २०७३, १३ : १८
मङ्गलबार, १४ भदौ २०७३
उत्तर कोरियाका तानाशाह किम जोङ उनको आदेश पालना नगरेको भन्दै त्यहाँका दुई अधिकारीलाई सार्वजनिक रुपमा झुण्ड्याइएको छ । दक्षिण कोरियाको मंगलबार जारी गरेको एक रिपोर्ट अनुसार अगष्ट महिनाको सुरुवातमा ती दुई अधिकारीलाई झुण्ड्याएको बताएको छ । बुवा किम जोंग II को मृत्युपछि किमले सन् २०११ देखि सत्ताको बागडोर सम्हालेका थिए । यही सत्ताको दुरुपयोग गर्दै उनले आफ्ना दुई शीर्ष अधिकारीलाई झुण्ड्याएका छन्, दक्षिण कोरियाली अधिकारीले बताए । उत्तर कोरियासँग नजिक भएको अज्ञात स्रोतलाई उद्धृत गर्दै जोंगआङ इल्बोका अनुसार पूर्व कृषिमन्त्री ह्वाङ मिन र रि योंग जिन, शिक्षा मन्त्रालयका वरिष्ठ अधिकारीलाई मृत्युदण्ड दिइएको हो । उत्तर कोरियाका गतिविधी हेर्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने यसबारेमा केही बोलेको छैन । उत्तर कोरियाले कसैलाई मृत्युदण्ड दिएका खबर बिरलै सार्वजनिक गर्ने गरेको छ । यद्यपी किमका काकालाई उनले दिएको मृत्युदण्ड भने त्यहाँका सरकारी मिडियाले राम्रो स्थान दिएर सार्वजनिक गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप