बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालले भर्ना गर्न, स्ट्रेचर दिन अस्विकार गरेपछि सुनिलको छोराको उनको काँधमै मृत्यु

मङ्गलबार, १४ भदौ २०७३, १३ : ५५
मङ्गलबार, १४ भदौ २०७३
भारतको उत्तर प्रदेशमा रहेको सरकारी अस्पताल लाला लाजपत राइ (एलएलआर) अस्पतालले भर्ना गर्न अस्विकार गरेपछि सोमबार एक बुवाले आफ्ना बिरामी छोरालाई गुमाउनु परेको छ । हिन्दुस्तान टाइम्सका अनुसार अस्पतालको आकस्मिक शाखाले सुनिल कुमारका १२ वर्षीय छोरा, अंश, लाई भर्ना गर्न अस्विकार गर्यो । बालकलाई ‘चिल्ड्रेन मेडिकल सेन्टर’ मा जान सुझाएका अस्पतालका कर्मचारीले ती बालकलाई अस्पतालसम्म पुर्याउन केही थप सहयोग गरेन, एउटा स्ट्रेचरसम्म पनि दिएन । सरकारी अस्पतालभन्दा करिब २५० मिटर टाढा रहेको मेडिकल सेन्टर जान सुनिल हिँडिरहेका थिए । अस्पताल पुग्नु पहिले उनको छोरा उनकै काँधमा चीर निन्द्रामा लीन भए । एलएलआर मेडिकल कलेज र हस्पिटलका प्रधानअध्यापक नभनित कुमार प्रतिक्रियाका लागि उपलब्ध थिएनन् । आइतबार रातीदेखि अंश उच्च ज्वरोले थलिएका थिए । सुनिल सबैभन्दा पहिले नजिकैको क्लिनकमा गए तर ज्वरो नघटेपछि उनले आफ्नो छोरालाई शहरकै सबैभन्दा ठूलो अस्पताल पुर्याए । ‘मैले मेरो छोरालाई आकस्मिक कक्षमा भर्ना गर्नको लागि उनीहरुलाई अनुनय बिन्ती गरें । उनीहरुले छोरालाई बाल अस्पताल पुर्याउ भन्नका लागि आधा घण्टा लगाए,’ उनले भने । सुनिलले छोरालाई बोक्नका लागि स्ट्रेचर पनि मागे तर उनको आग्रहलाई अस्विकार गरियो । अस्पताल पुग्नुभन्दा पहिले नै उनको छोराको मृत्यु भइसकेको थियो । डाक्टरले अस्पताल पुगेलगत्तै उनको छोरालाई मृत घोषित गरे । कुमारले पुनः उनको छोरालाई कपडाले बेरेर घरमा पुर्याए । उनलाई यसो गर्न कसैले सहयोग गरेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप