बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक जर्मनी सुन्दरी, एउटा बाइक, ३७ देशः आउँदैछिन् नेपाल

मङ्गलबार, १४ भदौ २०७३, १५ : ४४
मङ्गलबार, १४ भदौ २०७३
लिया रिइक त्यस्ती ‘बाइकर गर्ल’ को सूचीमा पर्दिनन् जसले आफू ‘टमब्वई’ बन्न निकै मेहनत गर्छन् । जर्मनकी यी लेखिकालाई आफ्नो ‘ट्रुम्फ टाइगर ८०० एक्ससीए’ बाइक जति मनपर्छ त्यति नै उनलाई मेकअप गर्न । सन् २०१५ को डिसेम्बरको एक साँझ उनले आफ्नो काम छोडेर जीवनकै एक महत्पवूर्ण यात्रामा निस्कने तय गरिन् । लिया अहिले भारतको चन्दीगढमा छिन् उनको अर्को यात्रा नेपालमा हुनेछ । लियाले ३७ देशमा बाइक चलाएरै घुम्नेछिन् र अर्को वर्षमात्र घर फर्कने सोच बनाएकी छिन् । उनले आफ्नो यात्रा म्युनिखबाट सुरु गरिन्, त्यसपछि उनले स्तान देशहरु (उज्बेकिस्तान, ताजकिस्तान, किर्गीस्तान) को यात्रा गरिन् । त्यसपछि उनले चीन, पाकिस्तान हुँदै भारत, नेपाल, म्यानमार र थाइल्याण्डको यात्रा गर्नेछिन् । बैंककदेखि क्वालालम्पुरसम्म लिया र उनको बाइक दक्षिण अमेरिकाका लागि उड्नेछन् । त्यहाँबाट उनी चिली हुँदै अर्जेन्टिना, बोलिभिया, पेरु, कोलम्बिया, मध्य अमेरिका, मेक्सिको र युनाइटेड स्टेट्समा घुम्नेछिन् । अर्को उडानले उनीहरुलाई मोरोक्को पुर्याउने । त्यहाँबाट उनी जिब्राल्टारबाट स्पेन, फ्रान्स र अन्त्यमा सन् २०१७ मा जर्मनी फर्कनेछिन् । यात्राको क्रममा हुने कठिनाइका लागि उनी तयार भएको बताउँछिन् । वास्तवमा उनी आफ्नो यात्राको प्रत्येक अनुभवलाई आफ्नो ब्लग ‘गोटुगो’ मा संकलन गर्नेछिन् । अपरिचितसँग कसरी बोल्ने र फसेको गाडीलाई कसरी निकाल्ने भन्ने ज्ञान उनी बटुल्दैछिन् । पूर्ण अपरिचितले आफूमाथि गरेको व्यवहार र मानिसहरुको सहयोगले उनको सपनाको यात्रा सम्भव हुन लागेको देखेर उनी दङ्ग छिन् । रिइकका लागि यात्रा उनको रगतमा बसेको छ । उनका बुवाले होन्डा ४५० मा आफ्नो यात्राको अनुभव बटुलेका थिए । अब उनी, आफ्नो मोटरसाइकलसँगै विश्व यात्रामा निस्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप