बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोटोपनाबाट छुटकारा चाहिन्छ ? यी पाँच सेता कुराबाट बच्नुहोस्

मङ्गलबार, १४ भदौ २०७३, १६ : ४६
मङ्गलबार, १४ भदौ २०७३
आजकालको जीवनशैलीका कारण धेरै मानिसहरु मोटोपनाले ग्रसित छन् । मोटोपनबाट छुटकारा पाउनका लागि मानिसहरुले धेरै तरिका अपनाउने गर्दछन् तरपनि धेरै मानिसहरु यसमा विफल हुन्छन् । आज हामी तपाईंलाई मोटोपनाबाट पार पाउने तरिका बारे जानकारी दिँदैछौं । यहाँ तपाईंले यी पाँच सेता कुरा खानबाट जोगिनुपर्छ । १. सेतो चामलः भातमा कार्बोहाइड्रेटको मात्रा अत्यधिक हुने भएकाले मोटोपना बढ्ने गर्दछ । यदि तपाईं थप मोटाउन चाहनुहुन्न भने सेतो चामलबाट बनाइएको भात खान बन्द गर्नुहोस् । तर यदि भात पकाउँदा त्यसको माड निकालियो भने त्यसले बोसो बढ्न दिँदैन । यसको सट्टा ‘ब्राउन राइस’ खाँदा राम्रो हुन्छ । २. क्रिम दुधः दूधलाई प्रोटिन र क्याल्सियमको सबैभन्दा राम्रो स्रोत मानिन्छ तर यदि तपाईं आफ्नो तौल कम गर्न चाहनुहुन्छ भने क्रिम भएको दुध पिउन बन्द गर्नुहोस् । साधारण दुधलाई मज्जाले तताएर त्यसलाई फ्रिजमा राख्नुहोस् । चिसो हुँदा त्यमाथि बाक्लो तर बसेको हुन्छ, त्यसलाई निकाल्नुहोस् । अब भने यो दुध तपाईंले पिउनसक्नुहुन्छ । ३. नुनः धेरै नुनले पनि मोटोपना बढ्न सहयोग गर्दछ । एक शोधका अनुसार १ ग्रामभन्दा बढि नुन खाँदा मोटोपना बढ्ने खतरा २५ प्रतिशतले वृद्धि हुन्छ । ४. चिनीः अत्यधिक मात्रामा चिनीको प्रयोगले पनि मोटोपन बढ्छ । यसकारण दुब्लाउन चाहनुहुन्छ भने गुलियो खानबाट बच्नुहोस् । एक अध्ययनका अनुसार पुरुषहरुले लगभग ५० ग्राम र महिलाले करिब ७० ग्राम चिनी दैनिक खान सक्छन् । तर यो भन्दा बढि मात्रामा चिनी खाँदा मोटोपना बढ्न सक्छ । ५. मैदाः मैदामा चोकर र भिटामिन बी कम्प्लेक्सको कमी हुने गर्दछ । मैदा खाँदा शरिरमा रक्तचाप अत्यधिक वृद्धि हुने गर्दछ । यो खाँदा मधुमेहदेखि क्यान्सरसम्मको खतरा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप