आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५ पुग्यो

मङ्गलबार, १४ भदौ २०७३, २२ : ४१
मङ्गलबार, १४ भदौ २०७३

चितवन– गत शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै त्रिशूली नदीमा खसेको बस दुर्घटनाका मृतकको सङ्ख्या २५ पुगेको छ । घटनास्थलमा २१ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो । बेपत्तामध्ये हिजो पश्चिम चितवनको नारायणी नगरपालिका–२ भगडीस्थित नारायणी नदी किनारमा फेला परेका दुई शव र नवलपरासीको त्रिवेणीस्थित ब्यारेजमा फेला परेको एक शव बसका यात्रीको रहेको आज पुष्टि भएको छ ।

बेपत्ता भएका गरुडा–५ रौतहटका सञ्जयकुमार यादव, मोडलुवा–३ का रवीरञ्जन यादव र मोडलुवा–८ कै मुकेश रामको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सञ्जयकुमार र रवीञ्जनको शव चितवनको भगडीमा र मुकेशको शव त्रिवेणीमा फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको शव आज परिवारले बुझेर लगेका छन् ।

आफन्त बेपत्ता भएको भन्दै जिप्रका चितवनमा १३ जनाले निवेदन दिएका थिए । जसमध्ये तीन जनाको शव फेला परेको हो । अझै १० जनाका आफन्त बेपत्ता भएको निवेदन प्रहरीमा छ । घाइते १६ जनामध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने १४ जनाको चितवनका दुई मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा चालकसहित २५ जनाको मृत्यु भएको हो । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप