मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यावसायी संघद्धारा पर्यटनमन्त्रीलाई बधाई

बुधबार, १५ भदौ २०७३, ०७ : ५४
बुधबार, १५ भदौ २०७३

काठमाडौं–नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघले मंगलबार नवनियुक्त पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई भेटी बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सिंहदरबारमा भएको भेटमा संघले पर्यटन विकासका लागि पूर्वाधार निर्माण, पर्यटन नीति सुधार, एयरपोर्ट सुधारलगायत व्यावसायीका काम ‘वान डोर सिस्टम’ अन्र्तगत हुनुपर्नेमा पर्यटनमन्त्री शाहीको ध्यानाकर्षण गराएको संघका अध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

भेटमा शाहीले आफू पर्यटन क्षेत्रको विकासका लागि दत्तचित्त भएर लाग्ने बताउँदै पर्यटनका आधारभुत तत्व संस्कृति, पर्यटन र नागरिकलाई विषयगत हिसाबले सम्बोधन गर्ने दिशामा आफू तल्लीन रहेको उनले बताए ।

छोटो समयमा आफ्नो काँधमा धेरै चुनौती रहेको भन्दै मन्त्री शाहीले निजी क्षेत्रसँग समन्वय गरी विज्ञ र व्यावसायीको सुझाव लिएर अगाडि बढ्न तयार रहेको बताए ।

आफू हुम्लामा रहँदा स्थानिय राजनीति गर्ने समयदेखि नै पर्यटन क्षेत्रको विकासमा चिन्तित व्यक्ति रहेको भन्दै मन्त्री शाहीले अहिले आफूले चाहेकै क्षेत्रमा मन्त्रीको रुपमा आईपुगेकाले प्रत्येक क्षण उपलब्धीमुलक हुने गरी काम गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप