बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फाँसी पछि पनि रोकिएन सास, जिउँदो ‘लास’ बनिन् यी युवती !

बिहीबार, १६ भदौ २०७३, ०९ : ०४
बिहीबार, १६ भदौ २०७३
उनले त सिर्फ प्रेम गरेकी थिइन्, त्यो पनि बिना स्वार्थको, तर उनले बदलामा मात्र घृणा पाइन् । यही कारण जीवनबाट हार मानेकी यी युवतीले मृत्युलाई अंगाल्ने सोच बनाइन् । तर, उनलाई मृत्युले पनि धोका दियो । सदाका लागि चीर निन्द्रामा लिन हुन उनले आफ्नो घाँटीमा पासो लगाइन् तर उनको सासलाई उनी आफैंले लगाएको फाँसीले रोक्न सकेन । यो कहानी एक युवतीको हो जसले मिठो प्रेमपछि तितो धोका पाइन् । जीवनलाई सुन्दर बनाउने यी युवतीको सपनामा तुषारापत छाएको छ । उनको जीवनको कथा प्रेम, विवाह र धोकाको जिउँदो नमूना बनेको छ । निकै आकर्षक व्यक्तित्व र मिठो मुस्कानले आफ्नो अनुहारलाई सधैं सुसज्जित गराउने भारतको नागपुरमा बस्ने डली नामकी यी युवती इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट उद्घोषणको काम गर्दथिन् । तर अहिले डली जिउँदो ‘लास’ बनेकी छिन् । आफ्नी छोरीको अनुहारबाट उनको सधैंको मुस्कान कसरी र किन हरायो, यसबारे डलीका आमाबुवालाई पनि अनभिज्ञ छन् । उनीहरु अस्पतालको बेडमा मुढासरी सुतिरहेकी डलीको स्याहार सुसारमा व्यस्त छन् । यो घटना २१ जुलाईको हो जब विवाहित डलीले घरेलु हिंसा सहन नसकेर माइतीमा फाँसी लगाइन् । संसारबाट सधैंको लागि विदा हुने सोचसहित उनले पासो लगाएकी थिइन् तर उनी यसमा सफल भइनन् । घाँटीमा लगाइएको पासोले उनले ‘ब्रेन डेड’ भएको छ जसका कारण अहिले उनी कोमामा छिन् । नितिन मिरचंदानी नामक एक व्यक्तिसँग डलीको भेट जिमखानामा भएको थियो । यो घटना सन् २०१५ को हो । उनीहरुको त्यो भेट तुरुन्तै दोस्ती र फेरी प्रेममा परिणत भयो । उनीहरुले त्यसको केही महिनामा नै आफ्नो सम्बन्धलाई एक नाम दिए, विवाहको । दुबैको विवाहको उनीहरुको परिवारको मर्जीले नै गरिएको थियो । विवाह भएको केही समयका लागि त डली निकै खुसी थिइन्, तर उनको खुसी धेरै समयसम्म टिकेन । नितिनले आफूसँग विवाह गर्नका लागि आफूसँग कयौं झुट बोलेको डलीले थाहा पाइन् । यसबारे नितिनसँग कुरा गर्दा उनीलगायत उनका परिवारका सदस्यले उनीमाथि हिंसा गर्न सुरु गरे । उनलाई नितिन र उनका परिवारले यति तनाव दिए कि उनी मानसिक रुपले विक्षिप्त भइन् । माइतीसँग यसबारे कुरा गरेपछि उनी माइती बस्न थालेकी थिइन् । उनले देखेका सपनाहरु एक झट्कामा टुटेपछि उनी सहन नसक्ने मानसिक पीडामा थिइन् । यसबाट पार पाउनका लागि उनले आफ्नो घाँटीमा पासो लगाइन् । घटना भएको करिब २ महिनापछि पनि उनी अस्पतालको बेडमा अचेत सुतिरहेकी छिन् । आफ्नो छोरीको यस्तो हालत देखेपछि उनका आमाबुवा चुप लागेर बसेनन् । उनीहरुले नितिनका विरुद्ध दाइजो प्रताडनाको मुद्दा दर्ता गरेका छन् । आफ्नी छोरी दिनानुदिन मरिरहेको हेर्न बाध्य डलीका आमाबुवा अब नितिनका विरुद्ध पुलिसले केही ठोस् कदम चाल्नेछ भन्ने आशामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप