बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बेइजिङ ओलम्पिकका चार बिजेताको पदक खोसियो

बिहीबार, १६ भदौ २०७३, १० : ०४
बिहीबार, १६ भदौ २०७३
बेइजिङ ओलम्पिमा जित्ने चार खेलाडीको पदक खोसिएको छ । डोपिंग स्याम्पल परिक्षणमा सकारात्मक नतिजा आएपछि उनीहरुको पदक खोसिएको हो । चार खेलाडीमध्ये तीन रुसका हुन् भने अर्का अर्मोनियाका हुन् । यी चारैजना खेलाडीको सन् २००८ मा लिइएको डोपिंग नमूना पुनः परिक्षण गरिएको थियो जसमा उनीहरुलाई दोषी पाइएको छ । बुधबार उनीहरुको पदक खोसिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक सिमितीले उत्कृष्ट प्रविधिको आधारमा जम्मा ४ खेलाडीहरु– एक धावक र तीन भारत्तोलकमाथि प्रतिबन्ध लगाएको छ । बेइजिङ र लण्डन ओलम्पिक सन् २०१२ को कूल १ हजार नमूनालाई पुनः परिक्षण गरिएको थियो जसमा ९८ जनाको नतिजा सकारात्मक पाइयो । रुसी धावक तातयाना फिरोवाबाट उनको ४ गुणा ४०० मिटर रिलेको रजत पदक खोसियो । उनीसँगै आर्मेनिया भारत्तोलक टिग्रान मार्टिरोस्यान, नाडेज्डा इभ्सतयुक्हिमा र रसियाका मारिया साइनोभा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप