बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शाहिद बुवा बनेपछि पूर्व प्रेमिका करिनाले यसो भनेर सबैलाई पारिन् चकित

बिहीबार, १६ भदौ २०७३, १० : ३२
बिहीबार, १६ भदौ २०७३
बलिउडका चर्चित अभिनेता शाहिद कपुर र मिरा राजपुत बुवा–आमा बनेपछि उनीहरुलाई बधाइको ओइरो लागेको छ । मिडियाको नजरबाट बच्दै शाहिदले आफ्नी छोरीलाई घर भित्र्याइसकेका छन् । छोरी जन्मिएपछि शाहिदलाई उनका प्रशंसक, हितैशी, साथीभाइहरुले बधाइ दिएका छन् । कतिले ट्वीटरमार्फत बधाई दिएका छन् भने कतिले अस्पतालमा गएर र कति भने उनको घरमा नै पुगेका छन् । बधाइ दिने सूचिमा उनकी पूर्व प्रमिका करिना कपुर पनि समावेश भएकी छिन् । स्रोतका अनुसार शाहिद बुवा बनेको खबर पाएपछि करिनाले उनलाई मेसेजमार्फत बधाइ दिएकी छिन् । यता शाहिदले पनि उनलाई ‘धन्यवाद’ भनी जवाफ फर्काए । बलिउडमा यस्तो घटना विरलै हुने गर्छ तर करिनाले शाहिदलाई बुवा बनेकोमा बधाई दिएर सबैलाई चकित बनाएकी छिन् । शाहिदलगायत उनकी आमा नीलिमा अजीमले पनि सबै प्रशंसकहरुलाई धन्यवाद दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप